गायक सत्यराज आचार्यको महत्वकाक्षीं गजल एल्बम मधुशालाको राजधानिमा एक भव्य कार्यक्रमको बिच बिमोचन भएको छ।शनिवार राती सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गर्दै सत्यराज आचार्यको एल्बमलाई सम्पूर्ण आचार्य परिवारले एक साथ बिमोचन गरेका हुन्।बिमोचन गर्नेमा पिता भजनशिरोमणी भक्क्तराज आचार्य, माता सावित्री आचार्य र भाई स्वरुपराज आचार्य रहेका थिए।८ ओटा गजल समावेश उक्त एल्बमको सबै गजलमा शव्द,संगीत र स्वर गायक स्वयमको रहेको छ।

एल्बम भित्र मधुशाला, काली, आज एउटा, याद तिम्रो, नचलाऊ मलाई, हामी पनि, आऊ तिमी, जिन्दगीको शिर्षकका गीतहरु सुन्न पाईनेछ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको समेत उपस्थिती रहेको कार्यक्रममा सत्यराज आचार्यले आधा दर्जन बाद्यवादको समूहसंग एल्वमका सबै गीत गाएर सुनाएका थिए।साथै कार्यक्रममा मधुशाला र काली दुई गजलको म्यूजिक भिडियो समेत देस्खाइयको थियो।