१० औ इजरायली फिल्म फेस्टिवल

२३ – २४ जुन २०१६

संसारभर जनता माझ पुग्ने, सास्कृति, मान्यता र परम्पराहरुको साटासाट गर्ने एउटा महत्वपूर्ण माध्यम सिनेमा भएको छ ।  सिनेमाले देशको महत्वपूर्ण जानकारी दिने र जनता र तिनीहरुका भाषाहरुको पनि प्रतिनिधित्व गर्दछ । सिनेमाले सरलरुपमा  वास्तविकताको उजागर गर्दछ । यसलाई सचेतना जगाउने र विचार ब्यक्त गर्ने साधनको रुपमा पनि प्रयोग गरिन्छ । इजरायलको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल फिल्म सोसाईटी र इजरायली दूतावासले संयुक्त रुपमा १० औं इजरायली फिल्म फेस्टिवल काठमाण्डौस्थित रुसी सााकृतिक केन्द्रमा यही २३ – २४ जुन २०१६ मा आयोजना गर्दैछ ।

इजरायल एउटा विभिन्न आप्रवाशिहरुको समाज हो । यसको सिर्जनाशिलता र अभिव्यक्तिहरु विभिन्न समुदायहरुको सास्कृति र सामाजीक प्रभावमा रही परम्परा र नयाा विचारधाराको समिश्रणको रुपमा रहेको छ । इजरायलको सिनेमाहरु आफ्नो मौलिकता र विश्वब्यापिकरण बीचको बाटो अवलम्बन गर्दछ । आफ्नो पहिचानको निरन्तर खोजी कार्य विशेषत: सिनेमा लगायत विभिन्न कलाको माध्यमबाट अभिब्यक्त गरिन्छन् ।

सन् १९५० तिर शुरु भएको इजरायली सिनेमा उद्योग जिवन्त भइकन यसले जिवनका विभिन्न पक्षहरु प्रतिविम्वित गर्दछ । इजरायली एकाडेमी तथा अन्य प्रतिस्थित अन्तर्राष्ट्रिय पुरस्कारहरु विजित निम्न सिनेमाहरु सो फेस्टिवलमा प्रदर्शित
हुनेछन्|

filmfes

विदेशी सिनेमामा रुचि राख्ने महानुभावहरुलाई यस फेस्टिवलले इजरायली सिनेमा हेर्ने र इजरायली रागीन समाज र यहूदी परम्पराहरु बुझ्ने अवसर प्रदान गर्नेछ । यस्ता साास्कृतिक कार्यक्रमहरुले दूई देशका जनताहरुलाई समीप ल्याउने एउटा सेतुको रुपमा काम गर्ने र दूई देशहरु बीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने कुरामा आयोजकहरु दृढ रहेका छन्| प्रवेश निशुल्क राखियको छ । सिटहरु सीमित छन् । थप जानकारीका लागि ४४१३४१९ र ९४१४१३८७२७ मा सम्पर्क गर्न सक्नुहुन्छ|