नेपालको एउटा पुरानो रक ब्याण्ड ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन) संगीत सृजनामा क्रियासिल हुदै आइरहेको छ| उनीहरुलाई भटाभट गित, एल्बम निकालेर हिटभैहाल्नु छैन तर निरन्तर संगीत सिर्जना गरिरहनु छ| करिब १५ बर्ष अगि बनेको यो ब्याण्ड मेम्बेर फेरबदल हुदै अहिले भोकलमा रोशन गिरि, बासमा सम्पूर्ण ताम्राकार, ड्रममा राजन गिरि अनि गितारमा बिशाल गुरुङ छन्| यी सबै जना आआफ्नै तरिकाले संगीत सिर्जना गर्छन, छुट्टा छुट्टै काम गर्छन फेरी ब्यान्डको लागि मरी मेटी काम गर्छन| २०१४ को फिफा वोर्ल्ड कपको अवसरमा १९७४ ए डी संग मिलेर कोकाकोला वोर्ल्ड कप थिम संग बनायको थियो| फिल्ममा पनि काम गरिसकेको ब्याण्ड ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन)को अझ बडी चर्चा अध्याय चलचित्रको थिम संगबाट भयको थियो|
ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन) अहिले आफ्नो एल्बमको पहिलो गित लियर आयको छ| सुन्दा सामान्य लाग्ने तर गहिरो अर्थ बोकेको सुद्ध रक गित “बोझ भए” भिडियो सहित सार्बजनिक गरियको छ| ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन)को आफ्नै सब्द संगीत रहेको गीतमा एउटा असल मान्छेले अरुलाई आफूजस्तै ठानेर बिश्वास गर्दा धोका दियको, आफु यो संसारमा जिउनुको अर्थ नाभेटायको, आफ्नो काट्टो आफै खाने, सबै स्वार्थी रहेको तेसैले आफुलाई येहा बोझ ठानेको भाब रहेको छ| चर्चित मोडल झरना गुरुंगलाई फिचर गरायियको भिडियो आस म्युजिकका सचिनले बनायका हुन्| टेकेन्द्र साहले सम्पादन गरेको भिडियो आजकल बनिरहेका भिडियो भन्दा फरक किसिमको लाग्छ| शुभकामना छ ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन)लाइ सांगीतिक उचाई बढ्दै जाओस|