किन खस्कदो छ नेपाली संगीत बजार ?

babinयतिबेला नेपाली संगीत बजार संकटकालिन अबस्थामा गुज्रिरहेको छ भन्दा फरक नपर्ला। त्यसमाथी पनि सस्ता गीत संगीतले नेपाली गीत संगीतको श्रीवृद्धि गर्नुको साटो भद्धा बनाउने काम मात्र गरिरहेका छन्। एउटा स्वर्णीम कालको सफर गरेर आएको नेपाली गीतसंगीत जगतमा पश्चिमा गीतहरुको प्रभाव बढेसंगै मौलीक गीतसंगीतहरु चेपुवामा परेको पक्का हो। प्रबिधीको प्रयोग र चर्चित हुने लोभमा संगीतको बाटो अपनाउदा संगीतको स्तर खस्कदै गएको संगीत बिज्ञहरु बताउछन्।गीत संगीतको एल्बमको बिक्रिमा खडेर लागेको त बर्षै भयो सिआरबिटी र पिआरबिटीहरु को रोयल्टी पनि ढप्प भईसकेको अबस्थामा पनि राजधानिमा हरेक दिन जसो ४/५ ओटा एल्बमहरुको बिमोचन भईरहदा फल बिनाको कर्मले निरन्तरता पाएको प्रष्ट देखिन्छ।संगीतमा बिविधता आएसंगै खहरे झै बढेको नेपाली संगीत बजारमा राम्रा गीतहरु समेत खहरेलेनै बढारेर लगेका छन्। सुरु सुरुमा हिन्दी गीतहरुको प्रभाव परेको नेपाली संगीत जगतले मध्यकालिन समयमा मौलीकताको पगरी गुथेको थियो तर यतिबेला संसार नै एक देश भएको बेला नेपाली संगीत बजार पनि अन्तराष्ट्रिय संगीत पद्धतीबाट अछुतो हुन सकेको छैन्।

yadab kharalसेतुरामको पालाले बोकेको हिन्दी शैलीका गीतहरुलाइ धर्मराज थापा, गन्र्धव समुदायले मौलीकताको बाटो तर्फ डोर्एको र नातीकाजी, गोपाल योञ्जन, नारायण गोपाल जस्ता हस्तीहरुले अधुनिकताको जग हालेको बताउने गीतकार यादव खरेल संगीतको स्तरमा बिविधता आईरहेको मान्छन्।‘संगीतको दिशा मात्र फरक भएको हो शैलीमा बिविधता छाएको जुन समयको माग पनि हो धार फरक भएको हो तर धार धारिलो नभएका नयाँ आयमहरुले कुनै अर्थ राख्दैन’ खरेल बताउछन्। साधनालाई संगीत मान्ने समय मरेर व्यापारीकरण तर्फ लाग्दा पनि संगीतको स्तरमा प्रश्न उठेको मान्ने खरेलले बजारमा चल्तीको माल बनाउने होडबाजीले संगीत अचानोमा परेको बताउछन्।

sangita ranaआधुकि पप, ऱ्याप फ्यूजन जस्ता अनेक बिविधताले संगीतलाई धनी बनाईरहेको अबस्थामा युवाबर्गको संगीत तर्फको जोश र जागरबाट हौसिएको संगीत शिक्षिका एवम् गायिका संगीता राना प्रधानको बिचार छ। ‘नयाँ पुस्ताको संगीत मोह पनि लोभ लाग्दो छ। प्रबिधिको बिकाशले सजिलो बनाई दिदा पनि गीतको संख्या बढेका छन् तर त्यसमा कति उत्कृष्ट छ भनेर त आम श्रोताले न्यायको तराजुमा तौलीने गर्छन लहलहैमा गाउने साधना बिना गाउनेलाई समयले पाठ सिकाएर पाखा लगाईदिन्छ’ राना बताउछिन्।

suman kumarराम्रा गीत एवम् गायक गायिकका गीत संगतलाई बर्गिकरण गर्न मिडियाको समेत ठूलो हात रहन्छ। यता गायक सुमन कुमार भने नेपाली संगीतको भविष्य उज्वल रहेको बताउछ्। ‘सिडी को सेल नभए पनि नेपाली कलाकारहरु माग अन्तराष्ट्रिय रुपमा बढेको छ, राम्रा गाउनेले मनग्य कमाएकै छन् नयाँ नयाँ प्रयोग भईरहेको छ संगीत बजारमा त्यसले पनि अनेक स्वाद पस्कन सफल भएकै छ त्यसैले यो एउटा लोभलाग्दो पेशा बनिरहेको छ’ व्यापारीक रुपमा त्यती सन्तुष्ट नभए पनि अन्तराष्ट्रिय प्ल्याटफर्मको कारण गायक गायिकाहरु कर्ममा लागीपरेको बताउछन्।

milan amatyaएउटा बाटो बन्द भएता पनि संगीत सुन्ने श्रोताका कानहरु बन्द नभएकाले पनि बिकल्पको बाटो तर्फ संगीतकर्मीहरु लागेको गायिका मिलन अमात्यको बुझाई छ। ‘संगीतमा पाईरेसी भएको धेरै भईसक्यो तर खै कस्ले के गर्न सक्यो रोक्नलाई, सिडी सेल पनि ढप्प हो तर हरेक नेपालीले गीत सुनिरहेकै छन् हामी गाईरहेकै छै, हाम्रो लागी यतिबेला टुरहरुनै कमाई खाने भाडो बनिरहेको छ’ सस्तो लोकप्रियतलाई भन्दा पनि अजर अमर हुने गीतहरु छानेर गाउन सक्नु गायक गायिका खुबी हो भन्ने मिलनको ठम्याई छ।

deeppakएक महिने दुई महिने गीतहरु भनेर बजारमा यतिबेला गीतहरुको बर्गिकरण भईरहदा संगीतकार दीपक जंगम भने सरकारी तवरबाटै पहिले बाटो खोल्नु आवश्यक रहेको ठान्छन्। ‘यहाँ हरेक नागरीक आफ्नो स्थान बाट संगीत, मौलीकता जोगाउन लागी परेका छन् तर माथिल्लो निकाय सुतिरहेको छ जब सम्म माथिल्लो निकाय उठेर एक्सन लिदैन तब सम्म हाम्रो हालतमा कुनै सुधार हुदैन् राम्रो व्यवस्थापन बिना सम्बृद्धि हुन्छ भन्नु मुर्खता मात्र हो’ जंगमले भने। नेपाल जस्तो बिकाश्नोमुख राष्ट्रमा सरकारबाटै कामको थलनी हुन स्वभाबिक भएकाले पनि संगीत बजारको हेरचाह गर्ने निकायलाई कडाईको साथ काम गराउनु आवश्यक रहेको बताउछन्।

subash regmiयता संगीत व्यवसायी सुवास रेग्मी पनि म्यूजिक कंम्पनी खोलेर केहि काम नगर्नेहरुको जमातको कारण पनि राम्रा गीतहरु छाटिन नसकेका बताउछन्। ‘नियममा चल्ने कोही छैनन् हरेकले आफ्नो आफ्नो संघ बनाएका छन् तर काम गर्ने कोही नभएकाले पनि माझिएका गीतहरु पाउन मुश्किल भएको हो, बिग्रेको यो अबस्था सुर्धार्ने भनेको हो सबै मिलेर काम गर्नुनै हो नेपाली संगीतबजारको सुनौलो सम्भावना अझै बाकी छ’ उनले भने।

यता गायक राजेश पाइल राई भने नयाँ प्रतिभाले मौका पाउनु पर्ने तर आफ्नो स्वरको पहिचान गरेर मात्र संगीतिक युद्धमा होमिन आग्रह गर्छन्। सोख र रहर पुरा गर्ने थलो मात्र नभई आफ्नो भविष्यको रेखा कोर्ने थलोको रुपमा नेपाली गीत संगीतलाई बढाउनको लागी सरकारी तवर बाट समेत काम हुनु जरुरी छ साथै गीत सुन्ने श्रोता दर्शकले समेतमा समेत बर्गिकरण गर्न सक्ने क्षमता हुनु आवश्यक छ।

One thought on “किन खस्कदो छ नेपाली संगीत बजार ?

  1. उपाय सायद अनेक छ सिडी बिक्री काम भएको छ त्यो यथार्थ हो तर राम्रो गित सङ्गित बनाउने र निकाल्ने मान्छे दर्शक स्रोताले रुचाएकै छ्न बाच्ने आधार दिएका छन त्यसैले समय सापेक्ष चल्न सके पक्कै कलाकारको भविस्य चै छ बाकी आफ्नु आफ्नु बुझाइ

Comments are closed.