संगीतको नशा धेरैमा हुन्छ अनि मात्रा पनि धेरै किसिमको हुन्छ| कसैले संगीतलाई सोखको रुपमा लिन्छन त कसैले जीवन अर्पण नै गर्छन| विभिन्न खाले असहज परिस्थिमिमा पनि संगीतलाई अंगालेका अनि एल्बमको लागी जागिर छोडेर अगि बढिरहेका संगीतकर्मीको नाम हो “शान्तिम कोइराला”| २०६९ सालमा जब ६ ओटा गित समाबेश भयको “अत्तर” एल्बम आयो र उक्त एल्बमको पहिलो गित “बोलि चाली बारे हुन्छ” गुञ्जिन थाल्यो अनि चर्चा हुन थाल्यो उनको गायकीको|
राजधानीको बसाई तेसमाथी बिरोजगारी, दिनहरु सहज थियनन तर पनि संगीतले सहज बनाउला भन्ने झिनो आश मरेको थियन| उनले आफ्नो भोगाइ सुनाउदै भने “केहि कार्यकर्ममा बोलाउन थालियो अनि धाम र धन्यबाद पाइयो जब पैसाको कुरा गर्न थाले तेस्पछि त्यो पनि बन्द भयो” | मै हुँभन्ने कलाकार पनि धेरै सस्तोमा उपलब्ध हुनाले ब्यबसायिक रुपमा अगाडी बढन गार्हो छ| तर पनि संगीतलाई अगाडी बडाउन उनले छोडेका छैनन्| आफ्ना गुरु अर्जुन पोख्रेलबाट चलचित्रमा गित गाउने अवसर पाइसकेका छन् भने केहि एल्बमहरुका गीतमा पनि आफ्नो स्वर दियिसकेका छन्|

आजकल गुरु मनमोहन थपलिया संग सांगीतिक संगतमा रहेका शान्तिमले सांगीतिक भबिष्य उज्ज्वल देख्छन| शान्तिमको जिन्दगीको पहिलो गित अत्तर एल्बमको दुइ नम्बर ट्रयाक “बल्झी बल्झी” भिडियो सहित सार्बजनिक गरियको छ|जस मार्फत उनको सांगीतिक तथा अभिनयको अत्तर फैलिदै छ| गीतकार, संगीतकार तथा गायक रबि मल्लले छुटिसकेको मान्छेको घरि घरि आइरहने याद, आफुमा बित्ने पल तथा छटपटीलाइ सब्दमा उतारेका छन् भने बरिस्ट संगीतकार राम सिटौला जो शान्तिमका सांगीतिक गुरु पनि हुन, उनले सुरिलो संगीत भरेका छन्| फडिन्द्र राईले गहिरो संगीतसंयोजन गरेको यो गित शान्तिमको पहिलो गायकी हो| भिडियो बनाउने कुरा करिब दुइ वर्ष अगि देखि भयता पनि विभिन्न कारणले गर्दा पुरा हुन सकेको थियन, अनि शान्तिम आफैले गीतको माग अनुसारको गेट अप बनायर, करिब ८ महिना दार्ही पालेर भिडियोमा अभिनय गरेका छन्| हेर्दा लाग्छ यिनी गाउन मात्र होइन अभिनयमा पनि जोडदार प्रस्तुति दिन सक्छन| अनिल के मानन्धरको निर्देशनमा बनेको उक्त भिडियोमा आज्ञा निरौलाको पनि अभिनय रहेको छ| सिलन लम्सालको सम्पादन रहेको भिडियोमा जीवन चौलागाईं, बि के नर बहादुर, जीवन पासा लगायतको योगदान रहेको छ|