मातातिर्थ औशिको अवसर पारी आमाको महत्व दर्साउने केहि नया गित केहि पुरानै ताजा भयका छन्| आभा मुकरुंग, रुपा बिस्ट, दि स्मिर्ती ब्याण्ड, प्रेम परियार, छेवंग लामा , श्रेयेशी चेमजोंग राई,कृष्मा अबिगल, सुनिता प्रधान लगायतका कलाकारको स्वोरमा आमा समर्पित गीतहरु छन्| यहि भिडमा अलि फरक यथार्थ परक गित गायका छन् , गायक शान्तिम कोइरालाले| जितेन्द्र मल्लले आफ्नी प्राण प्यारी माता शारदा देबी मल्लले यस धर्ति छोडे पछि आफुमा उत्पन्न भयका भावनालाई गीतका सब्दमा ब्यक्त गरेका छन् | गीतका केहि सब्द ..मन जलाई , सगरमा गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ?? आमा ssss!!आमा ssss!!
यिनै सब्दलाई सांगीतिक ज्यान भरेकाछन संगीतकार कल्याण सिंहले अनि प्राण रुपी स्वोर दियका छन् गायक शान्तिम कोइरालाले| उदय राज पौडेलको संगीत संयोजन रहेको उक्त गित डोरेमी स्टुडियोमा श्याम बग्दासले रेकर्ड गरेका हुन्| एक कुसल गायक तथा संगीतकार भानु भक्त ढकालको संयोजकत्वमा बनेको उक्त गित आजकै दिन पारेर सार्बजनिक गरियको छ| मातातिर्थ औशिको अवसरमा संसारभरका आमाहरुलाई स्मरण गर्दै शुभकामना ब्यक्त गर्दछौ surparda.com परिवार|