माया भन्ने चिज एस्तो छ कि यस्लाई जसरि, जुन ढंगबाट या कुनै कोणबाट पनि अर्थाउन सकिन्छ| मानिसले आफ्नो सोचाई अनि भोगाइ अनुसार यसलाई अर्थाउन सक्छन| यसरी मायालाई गीतकार सिता सिटौला ‘श्रेष्ठ’ले पनि फरक ढंगले ब्याख्या गर्ने कोसिस गरेकी छिन ‘अधरमा माया’ बोलको नयाँ गीत मार्फत| गीतले भन्छ आधारमा माया, बोलीमा माया, हेराईमा हुन्छ माया,जति सुकै लुकाए पनि, बोली दिन्छ आँफै माया यसरी जता ततै माया देखिन्छ, जब कोहि मन पर्छ या भनौ कसैसंग माया बस्छ उसको बैगुन भेटिदैन | येस्तै माया नै माया ले भरि पूर्ण सब्दद्वारा मायालाई अझ फराकिलो पार्ने कोसिस गीतकारको रहेको छ भने यिनै शब्दमा वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानले सफ्ट मेलोडी संगीत भरेर मिठास थप्ने कोसिस गरेका छन् अनि आफ्नै आवाजमा गायका छन्|मन्जिल बिक्रम के सी को संगीत संयोजनले गीतमा माधुर्यता थपेको छ| एल्बम ‘बुढा बा’मा समावेश उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको केहि समयमा नै धेरैको माया पाउन सफल भयको छ।
गीतको भिडियोमा निकेश खड्काको निर्देशन छ भने बर्षा राउत र किशोर खड्काको अभिनय रहेको छ| उक्त म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेर निशान घिमिरेले सम्पादन गरेका हुन् ।