नेपाली पप रक संगीतका चर्चित गायक भिसानले आफ्नो ब्याण्ड भिसान न’ दि ग्रूवेर्सको नया गित “अदृश्य ” सार्बजनिक गरेका छन्| लामो समयको मेहेनेत रहेको उक्त गीतमा सब्द रचना आभास कर्माचार्यको रहेको छ| बिगत एक दशक भन्दा अगाडी देखि नेपाली पप रक संगीतमा निरन्तर लागि परेका भिसानले कहिले एक्लै त कहिले आफ्नो ब्याण्ड संग नया नया गित संगीत दिदै आईरहेका छन्| “भन्नुछ तिमीलाई”, “कारण”, “फर्की आउ”, “प्रश्न”, “आमा” उनका चर्चित मध्यका केहि गीतहरु हुन् |
अदृश्य एक बहु प्रतिक्षित गित हो यो धेरै अगाडी देखि काम सुरु गरियको गित पनि हो| एक कुसल फोटोग्राफरले लेखेको उत्कृट रचना हो भन्दा फरक पर्दैन| माया प्रेममा असहज परिस्थिमा उब्जिने भावलाई गीतमा ब्यक्त गर्न खोजियको छ| गायक समेत रहेका श्रेशानले बनायको भिडियो अहिले सम्मकै फरक र उत्कृस्ट बनेकोमा संका छैन| तेस्तै भोकल पर्फमेन्सको पनि सबैले तारिफ गर्न थालिसकेका छन्| आरुनि वाइबाको अभिनयले गीतलाई अझ हेर्न लायक बनाएको भनेर फिडब्याक आउन थालिसकेको छ | शुभकामना छ भिसान न ग्रूवेर्सलाइ यो गित अदृस्य सबैको मन मस्तिस्कमा नमेटिने दृश्य बनेर रहिरहोस|