गीतकार एवं समाजसेवी दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी”को लोकार्पण गरिएको छ । मिनभवन स्थित पानस रेस्ट्रोमा एक कार्यक्रम बिच वरिष्ठ गीतकार डा. कृष्णहरी बराल ,संगीतकार संघका अध्यक्ष वरिष्ठ संगीतकार लक्ष्मण शेष लोकप्रिय गजलकार बिपिन किरण एवं गीतकार योञ्जनका दाजु अमृत योञ्जन र संचारकर्मी मनोज बिष्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
६ वटा गीतहरु समाविष्ट एल्बममा प्रमोद खरेल , अन्जु पन्त , बानिका प्रधान , निखिता थापा , हिमाल सागर र राजेश पायल राइको स्वर सुन्न सकिन्छ ।संगीत भने आशिष अबिरल , सुरेश अधिकारी र महेश खड्काको रहेको छ । म्युजिक जोयले बजार व्यवस्थापन गरेको एल्बम बिमोचनमा एल्बमका गीतको विश्लेषण गर्दै डा. बरालले नेपाली सांगीतिक ढुकुटिमा अर्को महत्वपूर्ण सम्पत्ती भित्रीएको बताए ।गीतमा कतै प्रेमिल भाव त कतै बियोगान्त र कतै बांच्ने आशाका किरणहरु देखिएको बतांउदै श्रीजनशिल कलम नरोक्न आग्रह समेत गरे ।त्यस्तै संघका अध्यक्ष शेषले ठूला संगीतकार एवं गायक गायिकाको संलग्नता भएको उत्कृष्ट एल्बम मध्येको एक भएको विचार राख्दै आफ्नो सस्थाको तर्फबाट गर्न सकिने साथ सहयोग सदैव गर्ने बताए ।
पेशाले इन्जिनियर गीतकार योन्जन हाल अमेरिका बस्दै आएका छन् । भोजपुर जन्मिएका उन्ले गत वर्ष मात्रै पनि साहित्यिक संग्रह “गाउँ बेसिमा फूल फुल्यो” निकालेका थिए ।