भनिन्छ सहि काम सहि समयमा गरियो भने सहि गन्तब्यमा पुगिन्छ| मौका आउछ तर पर्खिदैन| तेस्तै मान्छेको जन्मे पछि समय अनुसार सुहाउदा कार्यहरु हुने गर्छन| निश्चित समय पछि अध्यन सुरु, कर्मकंड, सारीरिक परिवर्तन लगायतका कुरा| भन्ने अनि मान्ने गरिन्छ माया पिरती बेलै मा लगायको राम्रो तर फलफुल अलि पाकिसके पछि खायको राम्रो| यस्तै गहकिलो संदेश रहेको रमाइलो गित “अल्लारे मै हो” भिडियो सहित सार्बजनिक भयको छ| गीतकार राजु थापा मगरको सब्दमा गायक तथा संगीतकार शिब परियारले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीतलाई भिडियो सहित सार्बजनिक गरेका हुन्|
नेपाली गित संगीतमा केहि नया पन दियिरहन तल्लिन शिबले शब्द, संगीत , संयोजन तथा भिडियोमा नौलो प्रयोग गर्दै आइरहेका छन्| यो गीतमा पनि उनले सुजिल कर्माचार्यलेलाइ संगीत संयोजनको जिम्मा दियका थिय भने भिडियो निर्देशनमा गायक तथा निर्देशक नरेन लिम्बुलाई दियका हुन्| यो रमाइलो पारामा संगीतबद्ध गरेर गाइयको गीतमा ज्योत्सना योगी र रितेश गुरुङ्गको अभिनय रहेको छ| बिनय कंशाकारले सम्पादन गरेको भिडियो पनि आकर्षक बनेको छ|