बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै उहासंग काम गर्नु भयका विभिन्न व्यक्तित्वहरुले कसरि सम्झिनु हुन्छ त उहालाई?
यादव खरेल
मेरो अम्बर दाईसंग २०२८ मा पहिलो पटक भेट भएको थियो। त्यति लामो सहकार्य त होईन् तै पनि हामी पछि सम्म पनि सम्पर्कमै थियौ। जब मनको बाध फिल्मको लागी संगीत भर्ने काम गर्नुभयो तब बाट हाम्रो सम्बन्ध नजिक भएको थियो।नारायण गोपालले गाउनु भएको एउटा गीत यति धेरै माया नदेऊ मलाई मेरो शब्दमा उहाले संगीत भर्ने काम गर्नु भएको थियो।अत्यन्त शान्त स्वभावका हुनुहुन्थो। उहामा एउटा अच्चमको गुण राम्रो संगीतकार, गायक, रचनाकारको साथमा राम्रो एक प्रज्ञिक
व्यक्तित्व हो उहा।
कुन्ति मोक्तान

अम्बर दाई मेरो दाई समानको मान्छे भेटमा खुब अशिष दिनुहुन्थो। मलाई सधै गीत गाउन प्रेरित गरिरहनु हुन्थ्यो। म त अझ जिस्केर नजिक बसाई सार्नुस अनि मलाई संगीत सिकाउनु भन्थ्ये। हरेक भेटमा मलाई अनि मेरो पतिलाई पनि यिनीहरुले चाही केहि गर्छन है भन्नुहुन्थ्यो। उहाको संगीतमा स्वर भर्ने मेरो पनि रहरनै थियो तर पुरा हुनै सकेन्। सरल रुपमा सबैकुरा बेलिबिस्तार रुपमा भन्ने उहाको स्वभाव थियो। कैले कैले उहा संगीत साधनामा रहेको बेला पनि पुगेको छु उहाको साधना शैलीनै फरक थियो। मलाई आफ्नै सन्तान जसरी माया दिनु भएको थियो।
दीपक जंगम
अमर दाईलाई र्दाजलिबबाट एकेडेमीको लागी संगीत निर्देशकको रुपमा बोलावट भयो। म पनि २०२१ देखी २०२४ सम्म संगित र नाटकमा छात्रवृत्ति मा एकेडेमीमै तालीम हासिल गरे अनि २०२५ बाट त्यहि जागिरे भए। संगै काम गथ्यौ हामी एकेडेमीका २०४० सम्म १५ बर्ष संगै बिताए साह्रे सरल र मिठासपूर्ण स्वभावको मान्छे दाई। काम प्रतिको लगावले त म लोभिन्थ्ये एक पटक २०३३ सालमा मालति मंगलेलाई गीति नाटक बनाउन पऱ्यो भनेर ट्यून भर्ने जिम्मा अम्बर दाईलाई दिइयो उहाले २ बर्ष लगाएर यति सुन्दर ट्यून तयार पार्नु भयो कि जु मुख्य टुयूनमा नारायण गोपालले स्वर भर्नु भयो अनि मलाई अलि फरक सानो मिठो टोनमा स्वर भर्न लगाउनु भयो।
अर्जुनजंग शाही
अमर दाईको तुलना कोहीसंग पनि हुदैन उहा आफैमा अमर हो। जुन नौ लाख तारा उदाय कोलकत्तामा रेकर्ड भयो त्यही गीतबाट अम्बर दाईले आफ्नो क्षमता प्रकट गर्नु भएको थियो। संगीतप्रतिको माया उहामा अथाहा थियो। जुन मैले अभिनय गरेको फिल्म जिवन रेखाको एउटा गीतमा आफैले स्वर भर्नु भयो त्यसबाट म निकै प्रभावीत भएका थिए। मेरो कम संगत हो उहासंग जति संगत भयो ति सबै अबिस्मरणीय बने।