सेतै फुलेका लामा दाह्रि अनि त्यस्तै जुँगा, अस्तव्यस्त कपाल चाहुरिएका गाला झण्ट हेर्दा भोटमा चौरीपाल्दै गरेको जस्तो देखिने किसान एकाएक फिल्मको पर्दामा हिरो बनाईन्छ। फ्रान्सेली फिल्म निमार्ता एवम् फोटोग्राफर एरीक भ्यालीले तिब्वतबाट नेपाल छिर्दै गर्दा नुन बोक्दै गरेको चौरी धपाईरहेको भटेका थिन्ले लेन्डुप उनै एरीकको फिल्ममा नायक बनेर देखा पर्छन।थोरै फिल्ममा मात्र पनि सानदार अभिनय गरेर सबैका मन जित्न सफल उनै थिन्लेको दुर्घटनामा दुखद निधन भएको छ।
आइतवार साँझ डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पूख्यौली घर छिप्कातर्फ जादै गर्दा उनी सवार घोडालाई विपरित दिशाबाट आईरहेको खच्चरले धक्का दिएसंगै धोडासंगै लडेका उनी कहिल्यै नउठ्ने गरि निदाए।
सन् १९९९ मा फिल्म क्याराभान खेलेसंगै उनि सो फिल्ममा मात्र हैन विश्वमा नेपाली फिल्मको हिरोको रुपमा स्थिापित भए। दुनै—साल्दाङको नुन र खाद्यनको ओसार प्रसार गर्ने चौरीहरुको कथामा आधारित क्याराभान ७२औ संस्करणको ओस्कार एकेडेमि अवार्डमा बेष्ट फरेन फिल्मको विधामा उत्कृष्ट ५ मा परेसंगै थिन्लेको चर्चा हव्तै बढेको थियो। आफ्नो प्रख्यातीलाई माथील्लो डोल्पाको विकाश र संवृद्धिको लागी उपयोग गर्दै आएका थिन्ले कर्णाली क्षेत्रकै समाजिक अभियन्ताको रुपमा समेत रहेका थिए।
क्याराभान पछि फिल्म इकु ब्याक अगेन र गायक अमृत गुरुङको म्युजिक भिडियो सा कर्णालीमा अभिनय गरेका उनले नेपाली दर्शकहरुमाझ पनि आफ्नो छुट्टै स्वाद पस्कन सफल भए। थिन्लेको कामप्रतिको लगव निकैनै लाग्दो रहको बताउने कलाकार नीर शाहले थिन्लेकै कारण क्याराभानले ओस्कारसम्मको यात्रा गरेको बताए। क्याराभानको सहनिर्माता समेत रहेका शाह थिन्लेलाई सच्चा वास्तविक कलाकारको रुपमा चित्रण गर्छन् ‘थिन्ले आफैमा राम्रो बानी व्यवहार भएको मान्छे हुन साथै अभिनयमा पनि अब्वल कोटीमै पर्छ। क्याराभान बनाउदै गर्दा उहाको योगदान अतुलनिय छ। जति क्याराभानको कथा बलियो छ त्यो सबै श्रेय थिन्लेलाईनै जान्छ।’ शाहले बताए।
आफुले गरेको कामको प्रतिक्रियाको बारेमा सधै चिन्तित रहने थिन्ले हरेक सट पछी कस्तो रह्यो मेरो नाटक भन्दै सुटिङ युनिटलाईनै हसाउने गरेको सम्झने नीर शाहले थिन्लेको असमायिक मुत्युले एक सच्चा कलाकार गुमाएको बताए। यता सुलेमान शंकर इकुको फिल्म इकु ब्याक अगेनमा समेत राउटेको भुमिका निवार्ह गरेका थिन्ले सधै आफुलाई भाग्यमानी मान्छे रहेको बताउने गरेका कलाकार सुलेमान शंकरले बताए। ‘उहाले मलाई सधै छोरा भन्नु हुन्थ्यो, फिल्ममा संगै काम गर्दा पनि अभिनय यसरि गनुपर्छ भनेर सिकाउने उहा आम व्यवसायिक कलाकारहरु भन्दा निकै माथिको अभिनय गर्ने क्षमता बोक्नु हुन्थ्यो’ सुलेमानले भने। निकै हासिमजाक गर्नुपर्ने स्वभावका थिन्ले बुुवा संग रहेको र काम प्रतिको मिहनत प्रसंशायोग्य रहेको सुलेमानको धारणा छ। ‘उहाले आफु अभिनित फिल्म इकु ब्याक अगेनलाई डोल्पामा पनि देखाउने सपना बोक्नु भएको थियो। बिविधकारण त्यो बेला सफल हुन सकेन अब वहाको आत्माको शान्तिको लागी भएपनि इकु ब्याक अगेन डोल्पामा देखाउने छु’ सुलेमानले भने। काठमाडौंको पनिले बिरामी बनाउछ भन्ने थिन्लेको मिनिरल वाटर प्रति पनि निकै प्यार रहेको उनलाई बुझेकाहरु बताउछन्।
पेटको क्यान्सरलाई समेत माथ दिएर निको भएका थिन्ले भिरबाट लडेर मर्नु नेपाली कला जगतको लागीनै दुभाग्यपूर्ण घटना बनेको छ। उनको आत्माले शान्ति पाओस्।