नवलपरासी जन्मथलो तर काठमान्डूलाइ कर्मथलो बनाउदै आयका गायक सन्जिब कुमार पौडेलले करीब डेढ़ वर्ष देखीको अथक परिश्रम पछि तेस्रो एकल एल्बम “अस्तित्व”का साथ श्रोता माझ आयका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बरिष्ठ गीतकार तथा साहित्यकार यादव खरेलको प्रमुख आतिथ्य तथा कला क्षेत्रका गन्य मान्य ब्यक्तित्वहरुको समुपस्थितिमा सो एल्बमको बिमोचन गरिएको हो । गायक भन्छन “यो समाज केही नगरी बस्नेलाई हेर हेर काम न धाम, खाने बेला तिन पाथी माम भन्छ, केही गर्ने कोशिश ग-यो हेर किन ग-या होला केही हुने होईन यही समाज भन्छ। जसरी पनि गाली नै खाने हो। मैले केही गरेरै गाली खाने निर्णय गरे फलस्वरूप तेस्रो एकल एल्बम सम्म आइपुगेको छु। सफल असफल त भाग्यको कुरा हो। सबै मेहनत गर्ने मान्छेहरु कहाँ सफल छन र, तर जो सफल छ उसले अवश्य पनि धेरै मेहनत पश्चात सफलता हासिल गरेको हुन्छ। कि त भगवानलाई थाहा छ कि त मेरो आत्मालाई थाहा छ या त म जस्तै संगीतमा लाग्नेलाई थाहा छ एउटा गीतको रेकर्डिंग गरेर त्यसलाई उचित ढंगले श्रोता माझ पू-याउन कति मेहनत लाग्छ भनेर।
”
२०७० मा “अठोट” तथा २०७३ मा “अतृिप्त” नामक एल्बम सार्बजनिक गरिसकेका गायक सन्जिब सांगीतिक खुड्किला चडिरहेका छन्। ६ ओटा गित रहने उक्त एल्बमका ४ ओटा गीतमा आफैले संगीत भरेका छन् भने २ ओटा गीतमा रेखा पौडेलको संगीत रहेको छ। “छैनन शब्द नै बाकी”, “न मैले बुझ्न सके”, “जीवनको सागरमा”, “हुन्छु म जब तिम्रो साथमा”, “प्यासी नजरहरुको” र “डालीको फुल जस्तै” जस्ता शीर्षक मार्फत गीतकार नारायण कंडेलले माया, प्रेम, मिलन, बिछोड, जीवन, भोगाईलाइ व्यक्त गर्नुभयको छ। नारायण कंडेलकै लगानीमा तयार हुन लागेको उक्त एल्बमको कुनै एउटा गीतको भिडियो पनि निर्माण गरिने छ।
गीतहरुको लिरिकल भिडियो मात्र भए पनि YouTube मा मात्रै भए पनि रिलीज गर्ने सोंचमा पुगीसकेका गायक “हुन्छु म” गीतको भिडियो बनायर , एल्बम विमोचन समारोह नै गरेर एल्बम सार्बजनिक गर्ने चाहना पुरा गरेका छन्। बिन्ध्यवासीनी म्यूजिक, गीतकार , संगीतकार तथा सम्पूर्ण शुभचिन्तकको साथ सहयोगले यहा सम्मको यात्रा सफल रहेको मा सबै प्रति कृतग्य रहेको बताउछन।