नेपालि गित संगीतमा पछिल्लो समय एक पछि अर्को गीत गर्दै दर्शक श्रोता माझमा आएका एक कुशल गायक हुन् बल बहादुर राजबंशी ।“तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने” गीत बाट चर्चा पाउन सफल गायक राजबंशी पछिल्लो समयका एक कुशल गायकका रुपमा चिनिन्छन । यिनै गायकले आफ्नो राजबंशी भाषाको ४ ओटा एल्बम समेत सार्बजनिक गरेका छन् । गित संगीतका लागि सम्भाबनाका एक अब्बल गायक बल बहादुरको नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक भएको छ । Find More …
नेपाली संगित जगतमा हिजोआज युवाहरुको माझ एउटा नाम निकै नै चर्चित छ। पप र हिपपप गीत मन पराउने युवाहरु हिजोआज लोक शैलीको गितहरु समेत मनपराउन थालेका छन्। यसको सम्पुर्ण श्रेय जान्छ विपुल क्षेत्रीमा। भारतको पश्चिम बंगालको एउटा सानो गाउ कालिबपो∙को केटो जस्को मनभरी गीत संगित जगतमा केहीगर्ने सपना थियो।उही केटो अहिले नेपाली श्रोता दर्शकको मनमा हिरो बनेर बसेको छ। सुन्दर नगरीमा जन्मेर हुर्केका क्षेत्री वरपरका स्थानिय लोक शैलीका भाकाहरुलाई टपक्क टिपेर कविता शैलीमा गाईएका गितहरु बाट रातारात हिट हुन पुगे। संगितमा अनोठौ मिश्रण भर्ने यनी गायकका गितहरुमा हिमालमा प्रतिध्वनीहरु गुन्जाएमान हुने गर्दछ। ओम माने पदणमे हुका तंरग आफना गितहरुमा भर्न माहिर विपुलका केही हिन्दी गितहरु ए दिवना,तक्दीर से,काविल हु समेत उतैकै चर्चित रहेका छन्।
सुदुर पश्चिमको शान देउडा भन्नाको साथ सबैको मुख मुखमा झुण्डनी एउटै बोलको गीत हो झ्याम्म झ्याम्म । यनै चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशी पुन राजनितिमा चहल पहल गर्न थालेका छन । गीत गाउन सुरु गर्दा भन्दा पहिला देखिकीको उन्को राजनितीको नशाले आजसम्म छोडेको छैन । सुदूरपश्चिमको डाडापाखामा खेल्दै रमाउदै हुर्केका जोशीमा सानै देखि देउडा तर्फको झुकाव थियो । एक क्षेत्रमा मात्र सिमित गीत संगितलाई देशव्यापी गर्ने अठोटका साथ २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा प्रवेश गरेका थिए । गीत संगित संगै बिद्यार्थी राजनिती पनि सुरु गरेका जोशीले पञ्चायती शासन बिरुद्ध समेत बुलन्द आवाज उठाए ।
नेपाली चलचित्र बजार साघुरो कठघरामा उभिएर पनि ठुलो क्षमता राख्ने प्रयत्न गर्छ। सिमित दर्शकलाई काखी च्यापेर टिकेको यो क्षेत्र लाखौको रहरको केन्द्रथलो बनेको छ। आजसम्म यो क्षेत्रमा लागेर कति माथी उठे त कति पत्तासाफ भए कुनै त्यसको लेखाजोखा नै छैन। यो साँघुरो बजार कहिले हलिउड त कहिले बलिउडको तिखा प्रहारको मारमा परिरहन्छ। सिमित श्रोत र साधनको भरमा चलेको नेपाली फिल्मी दुनियाँ आफ्नै भूमरीमा समेत दिशा विहिन बन्ने गरेको छ।