किलागल चोक नजिकै बरपर ढलान हालिएका पक्कि घरहरुको लावालस्कर छ। बिचमा सानो गल्लीसंगै जोडिएको एउटा पुरानो शैलीको लामो घर झट्ट हेर्दा कुनै दरवारको केहि अंश जस्तै देखिने घर बैसाख १२को भूईचालोको धक्काले थबथिलो अबस्थामा लडुकि ठडिरहु भन्ने दोसाधमा उभिरहेको छ।पुराना इँटा र सुन्दर आखीझ्यालबाट बनेको उक्त घरनै हो स्वरसम्राट नारायण गोपालले पहिलो पटक धर्तिमा पाईला टेकेको भूमि। बिक्रम संम्वत १९९६ असोज १८ गते पिता आशागोपाल गुरु वाचार्य र माता रमादेवी गुरुवाचार्यको माईलो सन्तानको रुपमा जन्मिएका नारायण गोपालको बाल्यकाल Find More …
सेतै फुलेका लामा दाह्रि अनि त्यस्तै जुँगा, अस्तव्यस्त कपाल चाहुरिएका गाला झण्ट हेर्दा भोटमा चौरीपाल्दै गरेको जस्तो देखिने किसान एकाएक फिल्मको पर्दामा हिरो बनाईन्छ। फ्रान्सेली फिल्म निमार्ता एवम् फोटोग्राफर एरीक भ्यालीले तिब्वतबाट नेपाल छिर्दै गर्दा नुन बोक्दै गरेको चौरी धपाईरहेको भटेका थिन्ले लेन्डुप उनै एरीकको फिल्ममा नायक बनेर देखा पर्छन।थोरै फिल्ममा मात्र पनि सानदार अभिनय गरेर सबैका मन जित्न सफल उनै थिन्लेको दुर्घटनामा दुखद निधन भएको छ।