नेपाली संगित क्षेत्रले सफर गरेकोनी लामै समय भई सक्यो। इति लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा भने पुग्न सकेको छैन । थुप्रै राम्रा स्रष्टा सज्रक जन्माई सकेको यस क्षेत्रले केही बिकृतलाई अझै आफ्नो गर्वमै हुर्काईरहेको छ । एउटा सफल सेलेब्रेटी बन्नको लागी सजिलो माध्यम बनिरहेको गित संगित क्षेत्र आफैमा बिस्तारै बिकृतीको खाडलमा भासीदै गईरहेको छ ।सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्री मा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाडु छिर्नेको जमात Find More …
Author: Babin Rijal
दुर्गा बाबु स्मृति पुरस्कार सदिक्षालाई
सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठकको स्मृतिमा स्थापना गरिएको संगित पुरस्कार नेपाल एपीएफ स्कुलकी सदिक्षा भट्टलाई प्रदान गरिएको छ । गायक संगितकार तथा रचनाकार समेत रहेका स्व.पाठकको स्मृतिमा उनका व्याचिहरुको सकृयतामा स्थापित डेढ लाख रुपैयााको सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठक स्मृति संगित कोषको व्याज रकमबाट उक्त पुरस्कार प्रदान गरिएको हो । Find More …
कलाकारहरुलाई तलव दिनुपर्छ भन्ने सोचेर सरकार मौन छ : हरी लम्साल
नेपाली संगीतबजारमा यतिबेला संगीतकार हरी लम्सालको छुट्टै उचाई छ। करिब सात सय गीतहरुमा आफ्ना जादुमय संगीत भरेका संगीतकार लम्सालको अर्को परिचय एक कुशल गायकी पनि हो। २०३८ सालमा नवलपरासीको कावाशोतीमा जन्मिएका लम्साल सानोमा भने राम्रो गायक बन्ने सपना पालेको बताउने उनी समयको रफ्तारले आफुमा गायकी भन्दा पनि बजाउनेको भुतले छोएको ठान्छन्। मध्यमबर्गीय परिवारमा हुर्किएका उनी सानैमा घरव्यवहारको काध थापेका थिए। गाऊ बाटै एसएलसि सकेर आफ्नै जिद्धिमा काठमाडौं पसेसंगै उनको संगीतिक यात्राले औपचारीकता पाएको थियो। ललितकलाका संगीत शिक्षा लिदै गर्दा २०५८ सालमा पहिलो गीत रेकर्डिंग गराएका उनले ६ बर्षसम्म गन्धर्भ संगीत बिद्यालयबाट गुरु चन्द्र कुमार श्रेष्ठसंग शास्त्रिय संगीतको शिक्षा लिए। Find More …
राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपतिप्रसादको ह्याट्रिक
नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय र चलचित्र बिकाश बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा २०७२ सालभरीका रिलिज भएका फिल्महरु मध्येबाट दिपेन्द्र के खनाल निर्देशित तथा खगेन्द्र लामिछाने अभिनित फिल्म पशुपति प्रसादले उत्कृष्ट लेखन, निर्देशन र उत्कृष्ट फिल्मको पुरस्कार प्राप्त गरेको छ। बिहिवार राष्ट्रपति निवासमा एक कार्यक्रम गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान प्रदान गरीएको हो। राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामिछाने र शुशिल पौडेलको निणर्यक मण्डलले छानेका फिल्महरु मध्येबाट ९ वटा बिधामा उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई पुरस्कार प्रदान गरिएको हो। Find More …