रातामकैको जन्मदिनमा बसुन्धरा र कोमल सम्मानित

नेपाली हास्य जगतमा परिचित नाम किरण केसी उर्फ रातामकैले हरेक बर्षको असार १५ गतेलाई मनाउदै आएको जन्मदिनको कार्यक्रममले यसबर्ष पनि निरन्तरता पाएको छ।शुसासनको लागी हास्यव्यब्य नामक अन्तरक्रिया र दुई स्रष्टाहरुलाई सम्मान कार्यक्रम राखेका केसीलाई जन्मदिनको शुभकामना दिन उल्लखनीय कलाकर्मीहरुको उपस्थिती रहेको थियो। पत्रकारीता र कलाकारीतमा लामो समय साधना गर्दै आएका स्रष्टाहरुलाई सम्मान गर्दै आएका केसीले यस पटक पनि कलाकार बसुन्धरा भूषाल र गायिका एवम् समाचारवाचिवा कोमल वलीलाई सम्मानित गरेका हुन्।यि दुबै स्रष्टालाई केसीले ताम्रपत्रको साथमा जनही नगद १० हजार द्धारा सम्मान गरेका हुन्।सम्मान स्वरुप प्राप्त १० हजारलाई कार्यक्रममै गायिका कोमल वलीले धुर्मुस सुन्तली फाउण्डेसलाई सहयोग गरेकी थिईन्। Find More …

खुल्यो काठमाडौंमा फिल्म पढाउने एकेडेमी

13549007_537622126439421_2097862791_oफिल्मका सबै क्षेत्रको बारेमा ज्ञान हासिल गर्न चाहनेहरुको लागी राजधानिको मिनभवनमा खुलेको एभेष्ट फिल्म एकेडेमीले बुधवार आफ्नो एकेडेमीको पहिलो ब्याचका विद्यार्थीहरुलाई ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। फिल्म क्षेत्रसंग आबद्ध बरिष्ठ फिल्मकर्मीहरुको संग्लनता रहेको यस एकेडेमीले पहिलो ब्याचलाई फिल्म निर्देशन, अभिनय, सिनेमाटोग्राफी र दृश्य सम्पादनको कक्षा संञ्चालन गर्ने भएको छ।

नेपालमा निजि क्षेत्रबाट पहिलो बाट खोलीएको एकेडेमीले हरेक बिधाका बिद्यार्थीलाई एक बर्ष सम्म समग्र फिल्म क्षेत्रको बारेमा ज्ञान प्रदान गरिने एकेडेकीका प्रेसिडेन्ट कलाकार सुनिल थापाले बताए। ‘हाम्रो एकेडेमीको मूल उद्देश्य भनेकै सिर्जनशील व्यक्तिको प्रतिभालाई निर्खादै नेपाली फिल्म क्षेत्र लाई संम्बृद्ध बनाउने जनशक्तिको विकाश गर्ने हो’ थापाले बताए। Find More …

स्व. दुर्गाबाबु पाठक स्मृति संगीत अक्षय कोषको स्थापना

कर्तव्य पालनाको शिलशिलामा सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ । गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकको स्मृतिमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको स्थापना गरिएको हो । स्वर्गिय पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले सामुहिक रुपमा रकम संकलन गरि डेढ लाख रुपैयााको अक्षयकोष स्थापना गरिएको सोहि व्याचका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । सो संगित कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र/छात्रालाई सो पुरस्कार प्रदान गरिने छ । साथै यो कोषको सम्पूर्ण रेखदेख Find More …

चार स्रष्टा सम्मानित

13555616_537178026483831_1939954316_oनेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमवार राष्ट्रपति बिद्यादेवी भण्डारीको बाहुलीबाट चार स्रष्टाहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरेको छ। गएको बर्ष नाटक निर्देशक गायक हरिप्रसाद रिमाल, संगीतकार चन्द्रराज शर्मा, नृत्य निर्देशक भैरव थापा र वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई लाई प्रदान गरिएकोमा यस पटक संगीतकार तथा वेलावादक गोपालनाथ योगी, लोकगायक प्रचण्डबहादुर बुढाथोकी, नाट्यकर्मी महेन्द्र मलब्गीया र नाट्यकलाकार शकुन्तला गुरुब शर्मालाई पुरस्कार बाट सम्मानित गरिएको हो।सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति एवम् संगीतकार Find More …