नेपाली संगीत जगतमा यतिबेला चल्तिको ट्रेन्ड सिंगल ट्रयाक रिलिज गर्ने अभियान्ताको श्रेय जाने गायक हुन हेमन्त शर्मा। आफ्नो जादुगरी स्वरबाट लाखौं नेपालीको मन मष्तिकमा राज गर्न सफल शर्माले २ दशक भन्दा लामो संगीतिक यात्राको क्रममा ७ वटा एल्बम र डेढ सय भन्दा बढी गीतहरुमा आफ्नो हक्कि स्वर भरीसकेका छन्। गायकनै बन्छु भन्ने सपना नपालेका यि नवलपरासीको ठिटोले रहरै रहरमा संगीतको पेशा अंगालेर नेपाली गीत संगीतको जगतमा अतुलनिय गुन लगाउन सफल भएका छन्। नवलपरासीको त्रिवेणी बस्तीमा जन्मेका शर्माले सानो उमेरमा सरकारी कर्मचारी पिताको हात समाउदै कहिले जोमसोम त कहिले बुटवल चहारे कपिलबस्तु स्थित रत्न राज्य मा.वि बाट एसएलसी सकेसंगै उनमा संगीतिक मोहले गर्लम्म छोप्यो। नारायण गोपाल, फत्तेमान जस्ता हस्तीका Find More …
फेसनको नौलो स्वाद पस्कन सफल स्टाईल मन्त्रले सन् २०१६ संस्करणको स्टाईल मन्त्र रिलोडेड फेसन सो असार ५ गते होटल ह्यातमा सम्पन्न गरेको छ।भारतीय ३ मुख्य फेसन ब्राण्डका सय भन्दा बढी उत्पादनमा पूर्व मिस नेपाल मलिना जोशी लगायत २३ सुन्दरीले क्याम्प नापेका हुन्।भारतिय आधुनिक देखी परम्परागत फेसन शैलीका कपडामा सजिएका सुन्दरीहरुले गुजराती सारी देखी लेहेंगा सम्मका डिजाईन हरु पहिरेका थिए।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठान संगीत विभागद्धारा आयोजित नेपाली संगीत हिजो र आज बिषयक बिचार गोष्ठि बुधवार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली संगीतको विकाश सुरु भएको एक शताब्दी नाघिसकेको अबस्थामा संगीतकार गायक एवम् संञ्चारकर्मी टिका भण्डारीले कार्यक्रममा आधुनिक सुगम संगीतको विगत देखी वर्तमानसम्मको स्थितीको खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए। बिधिवत रुपमा सेतुरामले बि.स १९६५ मा रेकर्ड गरेको गीत देखी वतमार्न अबस्थाका बिभिन्न बिधाका गीतसंगीतका आरोह अवरोहलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले २००७ साल भन्दा अघिको संगीत क्षेत्र, २००७ साल देखी २०४६ साल र २०४६ पछिको संगीत क्षेत्र गरी तिन खण्डमा बिभाजन गरेका थिए।