२१ जुन अन्तराष्ट्रिय संगीत दिवसको चहलपहल हुदै गर्दा नेपालमा भन्ने शून्य प्रायनै रह्यो। नेपाली संगीतको स्तर खस्कदै जादा यसलाई उकास्नको लागी संगीत दिवसको अबसर पारेर न त सरकारी निकाय बाटै केही काम हुन सक्यो न त संगीत संम्बन्धि संघ संस्थालेनै उल्लेखनिय केही कार्य गरे। क्यालेण्डर र नारामा मात्र सिमित भएको संगीत दिवसले नेपाललाई छुदै छोएन्। पानामा मात्र ठूला कार्यक्रम बनाएर व्यवहारमा केही काम नहुदा संगीत दिवसले पनि सार्थकता पाउन सकेन यसै सेरोफेरेमा रहेर हामीले बरिष्ठ संगीतकार एवम् गायक दीपक जंगमलाई ५ प्रश्न सोधेका छौ, Find More …
देशभित्र हरेक चिजहरुमा बेथितीले सिमा नाघि सकेको छ। सरकारी ढंगबाटै नियमत रुपमा कुनै काम हुन नसक्दा आम मानिसहरु समेत नियम कानुनकै बेवस्ता गर्न अघि सर्छन्। सडक देखी सदन सम्मै कानुन बिनाको देश जस्तो बनि रहेको नेपालमा नियमलाई लागु गर्ने निकाय समेत कानमा तेल र आखाँमा पट्टी बाधेर बसेको छ। दिनहु सडक यात्राको सामान्य हेलचेत्र्याईमा कतिले ज्यान गुमाईरहेका छन्। आम नागरिक किन आकाशे पुलमुनीनै बाटो काट्छन? गाडी बाईक चालकहरु जेब्राक्रशमा समेत गती नघटाएर किन दादागरी देखाउछन्? सार्वजनिक यातायातहरुमा समेत आरक्षणको कुनै मूल्य छैन। के यसलाई सुर्धान सानै देखी स्कुले पाठ्यपुस्तकमै पढाईको ब्यवस्था हुनु पर्ने हो? भन्ने बिषयमा हामीले केहि सेलेब्रेटीको राय बुझेका छौ।