नायिका बर्षा राउतलाई प्रेमी पुस्करले अर्पण गरेको “साँचो प्रेम”

धेरै मानिसहरुले सुन्ने र भन्ने गरेको भनाई हो यो । साँचो मायामा मान्छेले आफ्नो ज्यानै दिन र परिआए मर्न समेत पछि पर्दैन भन्ने कुरा एउटा मर्मस्पर्शी गीत र त्यस गीतका लागि बनाईएको म्यूजिक भिडियो मार्फत उजागर भएको छ । आफुले मन पराएको मान्छेको निम्ति आफ्नो जिन्दगानी नै अर्पण गर्न सक्ने मायाको त्यो उचाई साँचो माया गर्नेहरुले मात्रै अनुभूत गर्न सक्दछन् , वास्तविक मायाको रंगले त्यही हृदय रंगिन्छ जुन् हृदयले मायाको निश्चलता अनि साँचोपनको आकाश छुन सकेको हुन्छ र त्यहीँनिर नै त्याग अनि समर्पणको अन्तहीन् अभिव्यक्ति झल्किन्छ । यस्तै यस्तै भाव झल्किने एउटा गीत- ” जुन् साइतमा भएपनि तिम्रै सामु पर्न पाएँ, खुशी छु म आज साह्रै हाँसी हाँसी मर्न पाएँ,” जीवन्त म्यूजिक भिडियो मार्फत सार्वजनिक भएको छ| दिनहूँ सार्वजनिक भैरहने कैयौँ गीतहरु माझ बिल्कुल फरक लाग्ने यस गीतका रचना देवदत्त भट्टले गरेका हुन्,गीत रचनाको अब्बल श्रेणीमा रही बिषयवस्तुको यथार्थतालाई अति नजिकबाट नियालेर तद्अनुरुपको सृजना दिन सक्ने गीतकार भट्टका यस अघि पनि निक्कै ओजनदार गीतहरु सार्वजनिक भैसकेका छन् । Find More …

सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ?

भनिन्छ सुन्दरता भन्ने कुरा हेर्नेको आँखामा भरपर्छ| एउटै कुरा पनि व्यक्ति अनुसार फरक फरक परिभाषित हुन सक्छ तर पनि केहि कुरा भने निश्चित छन् जस्तै फुल र काँडामा फुलनै राम्रो मानिन्छ तेस्तै दाग भयको भन्दा नभयको राम्रो मानिन्छ| यिनै सुन्दरताका प्रयाबाची बनेका कुराको सिमा नाघ्ने सुन्दरीको बयान गर्न खोजियाको छ राम कृष्ण ढकालको स्वरमा रहेको गित “यस्तो को हौ तिमी ?” मार्फत| श्रृंगारलाई पनि लाज लाग्ने, फूलले बास्ना सापटी माग्ने, मुस्कान तिमीलाइ देखेर हाँस्ने, सिम्रिकले पनि रङ साट्ने, मोतीसरी सागरले राख्ने, सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ? यस्तै शब्दमा बयान गरेका छन् गीतकार Find More …

बाल्टिमोरका चर्चित कलाकारहरुको संयुक्त साँस्कृतिक साँझ

बाल्टिमोर नेपाली कलाकारहरुको बाक्लो बसाई भयको ठाउँ हो| पुराना नाम चलेका देखि उदाउदै गरेका नया पिडिका धेरै कलाकार बाल्टिमोर आसपास बसोबास गर्नुहुन्छ| पहिलो पटक बाल्टिमोरका नेपाली कलाकारहरु एउटै स्टेजमा आफ्ना  लोकप्रिय प्रस्तुति सहित देखिने भएका छन् | यहि आउँदो फेब्रुअरी १९ तारीखका दिन साँझ ८ बजे देखि १२ बजे सम्म माउण्ट एभरेष्ट रेस्टुरेण्ट, बेल एर, बाल्टिमोरमा | यो कार्यक्रम निस्वार्थरुपमा कलाकारहरुले एउटा होनहार युवालाइ बचाउनका लागि आयोजना  गरेका हुन्| उक्त युवा हुन् राम्रो गिटार बजाउने समीर गुरुंग जो डिसेम्बर २ तारीख राति ११:१५ बजेपछि काम सकेर घर फर्कने क्रममा कार दुर्घटनामा  घाईते भएर आजसम्म अस्पतालको बेडमा छन | समिरकी  १९ बर्षीय श्रीमती र एक ७ महीनाका छोरा छन | यहां उनीसंग बुबा र दीदीहरु पनि छन | समीर १० बर्षको हुदा उनकी आमाको निधन भएको थियो | समीरका बुवा “छिनको छिनैमा र मिर्मिरेमा भाले बासेको” लगायतका थुप्रै चर्चित गीतका गायक श्याम गुरुंग हुनुहुन्छ | श्याम गुरुंग बाल्टीमोरमा लामो समय बिताएका सहयोगी नेपाली युवा हुनुहुन्छ | बाल्टीमोर बसाईका क्रममा श्यामले धेरै नेपालीलाई काम लगाउन सहयोग गर्नुका साथै नेपालीका दुख सुखमा हातेमालो गर्दै आउनु भएको छ |
Find More …

संजय किशोरको गित “देखेर बोलाउन सकिन मैले ” भिडियो सहित

“धेरै भो”, “रुमाल लुकाई लुकाई” जस्ता धेरै लोकप्रिय पप गित मार्फत श्रोताको मनमा बस्न सफल गायक संजय किशोर केहि समयको अन्तराल पछि फेरी आयका छन्| उनको नया “देखेर बोलाउन सकिन मैले “का साथमा  जसलाई रचना गर्नु भयको छ गीतकार  कोमल सयपत्रीले | गीतकारका धेरै गित बिगतमा हेमन्त राना, धर्मेन्द्र सेवान, संजय किशोर लगायतका गायक गायिकाले  स्वर दियिसकेका छन्| गलत बुझाइले सम्बन्धमा पर्ने असरलाई  कलात्मक तरिकाले सब्दमा बुनियाको छ| राम्रो सम्बन्ध भयको एउटा सामान्य गलत बुझाईले टाडिन्छ अनि पछि बाटोमा देखिन्छ त्यो बेला मनमा आउने कुरालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ | उक्त  सब्दहरुलाई  मेलोडिओस पप सैलिमा संगीतबद्ध गरेका छन् संगीतकर्मी बिजु बज्रले अनि ओझिलो स्वरमा गायक छन् गायक संजय किशोर श्रेठले| गीतमा संगीत संयोजन स्वर्गीय संगीतकर्मी सुनिल बर्देवाको रहेको छ|  Find More …