लक्ष्मणका शब्दमा अजरको स्वर “मेरा रोदन”

सांगीतिक परिवारमा जन्मियर हुर्कियका कुशल खेलाडी समेत रहेका गायक अजर जंगम गित संगीतमा पनि आफ्नै पहिचान बनाउदै छन्| केहि अवार्ड्स समेत हात परिसकेका गायक अजरले पछिल्लो पटक “मेरा रोदन” बोलको गीतलाई भिडियो सहित सार्बजनिक गरेका छन्| चाहियन सागर नामक गिति संग्रहका लागी गीतकार लक्ष्मण राईले रच्नु भएका कारुणिक शब्दहरुमा संगीत भर्नु भयको छ वरिष्ठ संगीतकार दीपक जंगमले| छायामा परेका कुरामा प्रकाश छर्ने प्रयास यो गीतले गरेको छ | आवाज नसुनियका कुरा, ओत लाग्न नपायको कुरा , आँशु नदेखियको कुरा , दोबाटोमा पछारियको कुरा, पौरखको पहिचान नभयको कुरा आदिखाले रोदन गीतमा सुन्न सकिन्छ| गायक अजर जंगमले आफ्नो कारुडिक स्वरले गीतलाई जिवन्त पर्ने प्रयाश गरेका छन्|  Find More …

फिरोजको “मायाको हाम्रो घर”

निर्त्यमा पनि पोख्त गायक फिरोज बस्नेत केहि बर्ष अगि देखि गीति एल्बम गित मार्फत बिधिबत रुपमै नेपाली सांगीतिक फाँटमा देखा परेका हुन् | गित संगीतमा निरन्तर लागि परेका फिरोजले एक पछि अर्को गर्दै गित सार्बजनिक गर्ने क्रममा पछिल्लो पटक “मायाको हाम्रो घर” बोलको गित भिडियो सहित ल्यायका छन्| पहिलेका धेरै जसो गीतहरुमा अरुसंग्को सहकार्य देखिन्थ्यो तर यो पालि आफ्नै सब्द , संगीत, अवार अनि अभिनयमा तयार पारेका छन्| रोमान्टिक सफ्ट पप धारको यो गितमा संगीत संयोजन रिकेश गुरुङ्गको रहेको छ| Find More …

“हिजोसम्म अन्जान थियौ”- मेलिना राई र लक्ष्मण लिम्बु

चलचित्र होस् या एल्बम या एकल सबैखाले चर्चित गितमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी प्रतिभाशाली गायिका मेलिना राईको अर्को युगल गित भिडियो सहित सार्बजनिक भयको छ| “हिजोसम्म अन्जान थियौ” बोलको उक्त गीतमा लक्ष्मण लिम्बुले युगल गायनमा साथ् दियका छन्| “पुरानो हुदैन माया” जस्ता कालजयी गीतकी रचयिता निलम आङ्बुहाङ राईका सब्दहरु यो गीतमा रहेका छन्| माया प्रेममा पर्दा एक अर्कामा नजिकिदै गरेको अवस्थालाई सब्दमा ब्यक्त गरेको पाइन्छ | मिठासपूर्ण सब्दलाई मन थुलुङ राईले संगीतबद्ध गरेका छन् | Find More …

बिनोद ढकालको “बाजेले गितार बजाउनु भो” भिडियो सहित

दर्शक श्रोतालाई फरक फरक स्वादका गित संगीत दिनका लागि प्राय प्रयोगात्मक गित संगीत गर्दै आयका विनोद ढकाल नया गीतको साथमा फेरी आयका छन्| सब्द, संगीत तथा गायनमा फरक पन दिन खोज्ने विनोदले र्याप , पप गित गाउदै आयका छन्| उनको यो पछिल्लो गित र्यागी फ्लेभरको छ| शव्द, संगीत र स्वर सवै ढकालको रहेको उक्त गीतमा उमेर पाकेको (बाजेले) मान्छेले गितार बजायको अनि बजैनाच्न लजायको यस्तै यस्तै सब्दलाई र्यागी धारमा कम्पोज गरेर रेकर्ड गरेका छन्| Find More …