गायक, संगीतकार तथा गीतकार कन्हैया सिंहले एउटा राष्ट्रिय भावनाले ओतप्रोत भयको गित आज भिडियो सहित युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन्| “जहाँ चाँदी झैँ टलकिन्छ हिमाल” बोलको उक्त गित करिब सात बर्ष अगि देखिनै सब्द तथा संगीत कोर्ने , काट्ने तथा छाट्ने गर्दै आइरहेका थिय जसले अन्तत मुर्त रुप पायको छ अर्थात् गित रेकर्ड भयर भिडियो सहित सार्बजनिक भयको छ| माया, पिरती , मिलन , बिछोडका धेरै गित गायिसकेका कन्हैयालाइ लामो समय देखि यो गित पुरा गर्न मन हुदा हुदै पनि मिलिरहेको थियन | Find More …
नेपाली गित संगीतका पारखीलाई कहिले गजल त कहिले आधुनिक अनि कहिले डानसिङ्ग गित ल्यायर हंगामा मच्चाउने गायक प्रमोद खरेल अहिले करिब एक महिना लामो अमेरिका तथा क्यानाडाका सांगीतिक कार्यक्रममा व्यस्त छन्| एका तिर स्टेजबाट मनोरंजन दियिरहेका छन् भने अर्का तिर नाचौ नाचौ लाग्ने गित सार्बजनिक गरेर मनोरंजन दियिरहेका छन्| एक हप्ता अगाडी अडियो अनि ३ दिन अगि मात्र भिडियो सहित सार्बजनिक भयको उनको पछिल्लो गित/गजल ” चल बतास चल”ले तहल्का मच्चाउदै छ|यति छोटो समयमानै आधा लाख भन्दा धेरै भिउज पाइसकेको गीतको चर्चा बढने क्रममा छ| उनले गाउदा यो गीतलाई ओनस मोर भन्ने डिमाण्ड आउछ|
प्रस्तोता समाजको ऐतिहासिक रोयल्टी वितरण कार्यक्रममा सबैभन्दा धेरै रोयल्टी पायका, रोयल्टीको हिसाबले नम्बर एक गायक प्रमोद खरेल अनि गजलकार तथा गीतकार सितल कादम्बिनीको सहकार्य पछिल्लो “झुम्कावाली”मा आउदा निकै आकाशियको थियो| डिजिटल मिडियामा सबैभन्दा बडी माग भयका गायकको रुपमा चिनिने गायक प्रमोदको संगीतकार अर्जुन पोखरेलसंगको सहकार्य पनि निकै फलदायी देखिन्छ| यी सर्जकहरुलाइ झुम्कावालीले दियको उचाई बचाइराख्ने बहुपर्तिक्षित नया गित आयको छ ” चल बतास चल”|
नेपाली संगीतका धरोहर बनिरहेका गायक शिब परियार अहिलेका व्यस्त मध्यका एक व्यस्त कलाकार हुन्| पछिल्लो ५-७ महिनालाई हेर्नेहो भने पनि लग भग अधिकांश समय बिदेशका सांगीतिक कार्यक्रममा ब्यस्त देखिन्छन| यिनै बिदेशका कार्यक्रममा देखियका अनि बुझियका अनुभूतिको उपज बनेको छ उनको नया गित “नभेटी नभेटी” उनको पछिल्लो एल्बम शिवालयबाट | नेपालको करिब १८ पर्तिसत जनसख्या लगभग ५० लाख बिदेशमा हुनुहुन्छ, उहाहरुजस्ता धेरैको आजकल नभेटी नभेटी माया गासियको छ, मुटु साटियको छ, समुन्द्र पारी दिल जोडियको छ| यिनै भावलाई सब्दजालमा बुनेकी छिन गीतकार स्वेता मैनालीले अनि आफुमा रहेको सांगीतिक ज्ञानलाई भरपुर प्रयोग गरेर मिठासपूर्ण संगीत भरेका छन् शिब परियारले| सजिलोपाराले गाउन मिल्ने गरि एउटा स्तरिय गित बनायका छन्|गीतका सब्द सब्द्लाई प्राण भर्ने उनको गायकी प्रयास निकै सबल सुनिन्छ|