डिल्ली चन्दको शब्दमा “भुल भए माफ गर”

गितकार डिल्ली चन्दको शब्दमा रहेको नयाँ गित “भुल भए माफ गर” “अंशु” गिति एल्बमको आधुनिक गितको रेकर्ड कार्य सकिएर पनि यसको म्युजिक भिडियो बनेको छ । त्रिकोणात्मक प्रेम मा आधारित शब्दमा रहेको उक्त गित पछिल्लो समयमा अन्जु पन्तको जिवन सङ्ग मेल खाने भएको हुदा उक्त गित रेकर्डिङ गर्दा उनि भाबुक भएकी थिईन ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा, प्रस्तुतकर्ता मुना चन्द रहेकी छिन भने मिक्सिङ्ग/ मास्टरिङ्ग साजन शाह ले गरेका छ्न । अप्सन मिडिया एन्ड इन्टरटेन्मेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको म्युजिक भिडियोमा निर्देशन प्रकाश धितालको निर्देशन, उत्सब दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । त्यसैगरी रबि सिंह / जुना सुन्दास र सुमि घिमिरेले अभिनय गरेका छ्न ।

हेमन्त शर्माको ह्याट्रिक

सामान्य बोलि चालीमा होस् या गायकी मा मिठासपूर्ण स्वर भयका गायक हेमन्त शर्माले २ महिनामा ३ ओटा गीतका भिडियो सहित श्रोता दर्शक माझ आयर ह्याट्रिक गरेका छन्। निरन्त्तर नेपाली गित संगीतमा लागि परेका गायक हेमन्त शर्माले केहि समय अगि डम डम डम बज्यो बोलको गित सार्बजनिक गरेका थिय जसमा आफनै शब्द , संगीत समेत रहेको थियो। भिडियोमा दुर्गेश थापा र प्रियंका कार्कीको जोडीलाइ पहिलो पटक पर्दामा उतारेका थिय गायक शर्माले निर्देशक बनेर।

Find More …

गायक संजिव कुमार पौडेलको तेश्रो गिती सङ्ग्रह ‘अस्तित्व’

 

 नवलपरासी जन्मथलो तर काठमान्डूलाइ कर्मथलो बनाउदै आयका गायक सन्जिब कुमार पौडेलले करीब डेढ़ वर्ष देखीको अथक परिश्रम पछि तेस्रो एकल एल्बम “अस्तित्व”का साथ श्रोता माझ आयका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बरिष्ठ गीतकार तथा साहित्यकार यादव खरेलको प्रमुख आतिथ्य तथा कला क्षेत्रका गन्य मान्य ब्यक्तित्वहरुको समुपस्थितिमा सो एल्बमको बिमोचन गरिएको हो । गायक भन्छन “यो समाज केही नगरी बस्नेलाई हेर हेर काम न धाम, खाने बेला तिन पाथी माम भन्छ, केही गर्ने कोशिश ग-यो हेर किन ग-या होला केही हुने होईन यही समाज भन्छ। जसरी पनि गाली नै खाने हो। मैले केही गरेरै गाली खाने निर्णय गरे फलस्वरूप तेस्रो एकल एल्बम सम्म आइपुगेको छु। सफल असफल त भाग्यको कुरा हो। सबै मेहनत गर्ने मान्छेहरु कहाँ सफल छन र, तर जो सफल छ उसले अवश्य पनि धेरै मेहनत पश्चात सफलता हासिल गरेको हुन्छ। कि त भगवानलाई थाहा छ कि त मेरो आत्मालाई थाहा छ या त म जस्तै संगीतमा लाग्नेलाई थाहा छ एउटा गीतको रेकर्डिंग गरेर त्यसलाई उचित ढंगले श्रोता माझ पू-याउन कति मेहनत लाग्छ भनेर। Find More …

आजाद ढुंगानाको ‘केही खास’ (भिडियो)

आजाद ढुंगानाले नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु ल्याएका छन्। उनी ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए। आजादले पहिलो एल्वम ‘७१ ग्राम बाट बिदनै देउ बरु पनि चर्चित बनेको थियो । तेस्पछि पनि उनको सांगीतिक यात्रा निरन्तर रहिरहेको छ केहि समय अगि समर्पण गित सार्बजनिक गरेका आजदले अहिले झन्डै ४ वर्षपछि ‘केही खास….’ बोलको गीत बजारमा ल्याएका हुन्। Find More …