गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ”

गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ” सार्बजनिक भएको छ । डढेलो सर्यो किन, कोहि भन्छन अमेरिका, तल्ला घरे सन्नानिको जस्ता गीतबाट चिनिएका किरण बिगत एक दशक देखि निरन्तर रुपमा नेपालि गीत संगीतमा आबद्द हुदै आएका छन् र थुप्रै गीतहरु पनि गाएका छन् ।सबै खाले गित गाउने र केहि मात्रामा काहिँ कतै शब्द रचना तथा संगीत भर्ने गरेका कमलक यो नयाँ गीत “लभ पर्ला जस्तो छ” मा शब्द/संगीत आफ्नै रहेको छ भने राकेश सोनीको एरेन्ज रहेको छ । Find More …

गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ

 गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ ।सांगीतिक फाटमा आफु लाई गायनमा कुशल  बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् । प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल सार्बजनिक भएको यिनको नयाँ गीत “तिम्रै काखमा” गायिका अन्जु पन्तले साथ् दिएकि छिन । Find More …

राज कुमार श्रेष्ठको नयाँ गीत “यो मौसम पनि”

नेपाली गीत संगीतमा निरन्तर  रुपमा लागि  रहेका एक  कुशल गीतकार तथा संगीतकार हुन् राज कुमार श्रेष्ठ । यिनै श्रेष्ठ द्वारा रचित  “एउटा गाउँ थियो”,  ““निष्ठुरी भनु भने”  लगाएतका दर्जनौ गीतहरु  बजारमा  चर्चामा  रहेका छन् ।  Find More …

नीर प्रसाद गुरुङको गीति संग्रह “जुनि” सार्बजनिक

 नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्बजनिक गरेका छन् ।  सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । जुन गीतमा “शब्द एक, संगीत अनेक” रहेको छ भने यसको शब्द “यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !! एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ !! भन्ने रहेको छ ।

निरले “शब्द एक, संगीत अनेक”मा रहेका ४ गीतलाई अलक अलक शैलीमा संगीत भरेका हुन् । बि बि अनुरागीको संगीत संयोजन ,शुकुराम बिश्वकर्माको मिक्सिंग मास्टरिङ्ग यस गीतमा रहेको छ भने तेस्रो  पटक सार्बजनिक पहिलो यो गीतमा राजेश पायल राई अनि पवित्रा गुरुङको स्वर सुन्न सकिने छ ।

Find More …