एम लामाको “तिम्रो नजरको शासन” गित सार्बजनिक

गायक एम लामाको तहल्का एल्बमा सामाबेश “तिम्रो नजरको शासन ढाली दिने कोहि भए” गित सार्बजनिक भएको छ । गीतमा रावतको शब्द अनि सुरेश अधिकारीको संगीत रहेको छ । सार्बजनिक गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । कुनै एक केटीको नजरको बारेमा एक केटाले बयान अनि केटिको नजरको शासन कसरि ढाल्ने भनी गरेको कुरालाई भिडियोमा व्यक्त गरिएको छ । Find More …

नारायण धितालको ‘देखे तिमीलाई’ बोलको गीतको भिडियो हेर्नुहोस

२०६० र २०६७ सालमा गरि दुई वटा आधुनिक गीतको एल्बम निकालेका गायक नारायण धिताल हाल बेल्जियममा रहेर पनि संगीतलाई निरन्तरता दियिरहेका छन् | ‘देखे तिमीलाई’ बोलको गीतको भिडियो मार्फत फेरी आएका छन् । यो गीतमा आफ्नै शब्द ,संगीत एबम सुमधुर स्वर रहेको छ ।यसै गरि यो गीतको म्युजिक भिडियोलाई दीपेश रेग्मीले निर्देशन गरेका छन् । स्कटल्याण्डको Find More …

दीपक शर्मा र देवी घर्तीको नयाँ गीतको भिडियो सार्वजनिक

देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ । गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले । Find More …

“सुरशाला आइडल जुनियर”मा उत्कृष्ट ५ घोषणा

नेपालका विभिन्न सहरहरुमा ७ देखि १६ बर्षभित्रका गायनमा प्रतिभा भएका १५ सय भन्दा बालबालिकाहरुले अडिशन दिएर अगि बढेको नेपालको पहिलो राष्ट्रिय बाल गायन प्रतियोगीता “सुरशाला आइडल जुनियर” सुरशाला फ़ाउण्डेशन र सुरशाला म्युजिक एकेडेमीको संयुक्त आयोजनामा शुरु भएको हो |जसलाई पतंजली आयुर्वेदले प्रायोजन गरेकोछ l पहिलो चरणमा २०० जना छनोट गरि विभिन्न चरण हुदै टप ८०, ३०, १५ हुँदै १० को छनोट भएको थियो l सुरशालाले छनोट हुने सबै सहभागीहरुलाई बरिष्ठ गुरुहरुदेखी युवा पुस्ताका प्रतिभाशाली संगीत प्रशिक्षक, अग्रज कलाकार, बाद्द्याबादक र निर्णायक ज्युहरु द्वारा म्युजिकको विभिन्न वर्कशप बिशेष तालिम दिदै आएकोछ जसका कारण बाल सहभागीहरुमा निकै परिवर्तन आएकोछ उनीहरुको गायन क्षमताको बिकास मात्र नभएर प्रस्तुतिकरण, परिपक्वताका साथमा ब्यबहारिक जीवनमा पनि यसै कार्यक्रम बाट निकै परिवर्तन देख्न सकिन्छ lकार्यक्रम को निर्णायकज्युहरु लोकप्रिय गायक हेमन्त शर्मा, राज सिग्देल र जुना प्रसाईं हुनुहुन्छ भने यस कार्यक्रमको उद्घोषक बाल गायक अमन प्रधान र मीस टीन इन्टरनेशनल सुप्रिया मास्के हुनुहुन्छ | नेपालका चर्चित अग्रज कलाकारहरु गेस्ट निर्णायक को रुपमा कार्यक्रममा सहभागी हुनुभएको छ l Find More …