मनोजको मोडलिंग यात्रा

करिब १५ बर्ष देखि संचार जगतमा सक्रिय मनोज बिस्टको संचार यात्रा रेडियो प्राबिधिकबाट सुरु भयता पनि उनले समय अनुसार आफुलाई परिमार्जित गर्दै आइरहेका छन्| म्युजिकजोय मिडिया संचालनगर्दै भिडियो निर्देशक बनेका बिस्ट मोडलिंग तर्फ पनि पाइला चाल्न थालेका छन्| उनले निर्देशन गरेको नयाँ गीत “धरानको बजारमा”मा उनको पनि अभिनय रहेको छ । गायक संसार दिलिप तथा सीमा संग्रौलाको संयुक्त आवाज रहेको “धरानको बजारमा” बोलको गीतमा बिनोद प्रियदर्शी राईको शब्द र संगीत रहेको छ भने भिडियो मनोज बिस्टले नै निर्देशन गरेका छन् । Find More …

गुड्न थाल्यो किशोरको रेल

गायक किशोर सिवाकोटीको गित “गुडी जाने रेल” सार्बजनिक भयको छ| गायक किशोरकै शब्दमा संगीत भरेका छन् संगीतकार सुनिल मास्केले| लोक आधुनिक पप समिश्रण रहेको  गीतमा मन परेको मान्छेलाई फकाउने भाव व्यक्त गरियको छ| संगीतकार सचिन सिंहको संगीत संयोजन रहेको गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो | यो गित संगै किशोरको गीति रेल गुड्न थालेको छ| Find More …

गायिका मेनुका राईको लोक जुहारी “बाँसको चोयाले”को भिडियो हेर्नुहोस

गायिका मेनुका राईले एक पछि अर्को नया गित सार्बजनिक गर्ने क्रममा नया गित “बाँसको चोयाले” भिडियो सहित सार्बजनिक गरेकी छिन्| गीतकार शिखर गजरकोटेको लेखन तथा पुर्वेली सर्जक प्रियजन राईको भाका सृजनामा तयार भएको गीत बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मोयालेमा प्रियजन र मेनुकाको स्वर सुन्न सकिन्छ । यो गीत पुर्वेली गायिका मेनुका राईको पछिल्लो लोक जुहारी हो । Find More …

निमाको “शो”मा नारायणको “निश्चल” सार्बजनिक

अमेरिकाको सिकागो सहरमा तरंगको इभेन्ट निमा रुम्बाको भ्यालेन्टाइन बिशेष कार्यक्रममा लामो समय देखि नेपाली गित संगीतमा लागि परेका गायक नारायण गजमेरले “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरेका छन्| बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वाट गित समबेश गरिएको “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरियको हो गितहरु मार्मिक ,सान्दर्भिक र मनोरंजनात्वमक रहेको उनले बताउछन। उक्त कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र अनडिसाइडेड ब्याण्डद्वरा नेपाली गित संगित प्रस्तुत गरिएको थियो। Find More …