राजुबाबु श्रेष्ठको शब्दमा यसरी बगे पर्शुराम

गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए ।

राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ । म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । Find More …

गोपी दाहालको नया गीत “बास गर मेरी माया” सार्वजनिक

राजेश पायल राइको स्वरमा  अमेरिकामा रेकर्ड गरियको गित भिडियो सहित सार्बजनिक भयको छ|  नेपाली गीत संगीतमा आफ्नो अमुल्य योगदान दिदै आएका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीतमा संगीतकार तथा कम्पोजर अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् भने गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वरले गीतलाई अझै राम्रो बनाएका छन् ।सबै खालका गीत रचना गर्ने खुबी बोकेका उनले अहिलेको माहोललाई मध्य नजर गरेर अहिलेको नया गीत तयार गरेका छन् । अमेरिकामा बसेर मेहेनत गरेर काम गर्दा पनि नेपाली गीत संगीतको लागि भने उनले अलिकति पनि समय कम हुन दिएका छैनन् । गीतमा अम्बर तुम्बापो सुब्बाको संगीतले ठुलो भूमिका खेलेको छ । उनको कामको पनि यति बेला औधि चर्चा भईरहेको छ । अमेरिकामा मात्र नभएर नेपालमा पनि उनको कामको उल्लेखनीय प्रशंसा भईनै रहेको छ । Find More …

टिका गोपाल संगीत छात्रबृती, यो बर्ष ममता र गणेशलाई ।

 

नेपालि गित संगीतको उत्थान तथा प्रबर्दन गर्नका लागि चर्चित गायक जोडी कन्हैया सिंह र अन्जना गुरुङ्गले  २०७० सालमा ‘टिका गोपाल डिजिटल एम कृएसन प्रा. लि.’,  स्थापना गरेका हुन्|  गायक कन्हैया सिंहकि स्वर्गिय माता टिका माई परियार र पिता गोपाल सिंह परियारको समझनामा यसै बर्ष देखि “टिका गोपाल संगीत छात्रबृती कोष”को इस्थापना गरेको छ उक्त कोषको सम्योजकमा कन्हैया सिंहकी बहिनी र कम्पनिकी बजार ब्यवस्थापक गिता परियार छन् भने प्रमुख छनौट समितिका दुइ निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ र गितकार एवम पत्रकार सुमन बैरागी हुनु हुन्छ । Find More …

काली काली मान्छेलाई “गोरी भन्दा रैछन”- हेमन्त शर्मा

सधै हसिला साथै रसिला देखिने गायक हेमन्त शर्माका गीतहरु पनि सदाबहार छन्| समयसंगै चल्दै आयका गायक हेमन्त शर्माले नयाँ गीत “गोरी भन्दा रैछन” भिडियो सहित आफ्नै यूट्यूब च्यानल “हेमन्त शर्मा” बाट सार्बजनिक गरेका छन् । एउटी चन्चले युवतीलाई जिस्कायका सब्द गायक आफैले रचेका हुन् भने प्रसिद्ध संगीतकार सुरेश अधिकारीले लोक आधुनिक पाराको संगीत भरेका छन् जसलाई महाराज थापाले संगीत संयोजन गरेका छन् । Find More …