“एक्लै जिउने रहर छैन” युबराज चौलागाईको

आधुनिकधारका मर्म स्पर्शी गित गाउदै आयका गायक युबराज चौलागाई “एक्लै जिउने रहर छैन” बोलको गितको साथमा फेरी श्रोता माझ आयका छन्। हालै भिडियो सहित सार्बजनिक गरियको उक्त गित, गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश छ । बिछोडका भावनालाई गीतका सब्दमा बुनियको छ जसलाई प्रल्हाद बोगटीले संगीतबद्ध गरेर सुरिलो धुन तयार परेका छन् अनि उदय राज पौडेलले संगीत संयोजन गरेर सुनौ सुनौ लाग्ने बनायक छन्।

भिडियो सहित आयको उक्त गित, उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन गरेका छन्| गाउनुका साथसाथै भिडियोमा युबराजको अभिनय रहेको छ । गितको भिडियोमा युबराजलाई बिपनाले साथ् दिएकि छिन ।

 प्रधानमन्त्री प्रचण्डको हातबाट गीतकार जोशीको एल्बम ‘श्रावणी’ सार्वजनिक 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयमा सुनेको बताए । गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम श्रावणीको बिमोचन गरिएको छ​।

Find More …

नयाँ एल्बम लिएर आए गायक त्रिलोक राना

चर्चित गायक त्रिलोक रानाले ७ वर्षपछि नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

Find More …

यसोधाको मेरो मन सार्वजनिक (भिडियो सहित)

नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।  शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप ” यसोधा – १” बजारमा ल्याएकी उनले संगीत साधक स्व. अंबर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाको आशिर्बादले थप उर्जा मिलेको बताउदछिन्।

Find More …