प्रेम वियोगको भावलाई कलात्मक ढंगले आफ्नो कलम मार्फत अभिव्यक्त गर्न खप्पिस् युवा गीतकार देवदत्त भट्टको रचना र भजन गायकका रुपमा ख्याती कमाएका गायक कृष्ण भण्डारीको आवाजमा रहेको “तिमीले बिहे गर्यौ अरे….”बोलको गीतको कुरा हो यो । आफ्नो प्राण भन्दा पनि प्यारी प्रेमिकाको सिउँदो अरु कसैले रङ्गाएको हल्ला चल्दा प्रेमी विक्षिप्त बन्नुपरेको कथावस्तुमा आधारित एउटा मार्मिक गीतको रचना गरे युवा गीतकार देवदत्त भट्टले अनि शब्दको मर्म लाई समातेर संगीत संगीत र स्वरले जीवन्त पारे गायक कृष्ण भण्डारीले । यस गीतलाई नेपालकै राम्रो बाँसुरीवादकको रुपमा ख्याती कमाएका गायक तथा संगीतकार बलराम समालले एरेञ्ज गरेका हुन । Find More …
Author: surparda
नेपथ्यको निन्दा बढ्यो न्यु योर्कमा
सांगीतिक समुह नेपथ्य र अमेरिका जब जोडिन्छ तब केहि चर्चा चुलिने गर्छ| केहि समय अगि VISA रिजेक्टको कुराले आकाश छोयको थियो भने गत बर्षको एउटा मात्र शोले पनि अनेक प्रश्न खडा गरेको थियो| गत बर्ष नेपथ्य न्यु योर्कमा आउदा अन्य राज्यहरुबाट पनि कार्यक्रमको लागि पहल गरियको थियो तर सबै मिथ्या भयको थियो| कुनै पनि नेपाली कलाकारको भन्दा धेरै ठुलो माग ब्याण्डले गर्ने गरेको छ चाहे त्यो पारिश्रमिकको कुरा होस् या हस्पिटालिटिको कुरा होस् या भेन्युको कुरा या साउण्ड सिस्टमको कुरा सबैमा नेपथ्यको आफ्नै अडान हुने गरेको छ| Find More …
स्वरुपराज आचार्यको स्वरमा नयाँ गित “गयौ जब “
नेपाली आधुनिक तथा चलचित्र गित सांगीतमा फरक पहिचान बनायका गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ| बिछोडका पिडा भाव व्यक्त गरियको उक्त गीतको भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ ।
भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।
भुवन प्यासीको नयाँ गीत “झम्के झम्के साँझमा”
गायक भुवन प्यासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमा”को भीडियो लिएर आएका छन्। हालै सार्वजानिक गरियको गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ| Find More …