बाबु बोगटी एक नेपाली कला जगतका बहुप्रतिभाशाली व्यक्तित्व हुन् जो गाउने, अभिनय गर्ने , संगीत भर्ने लगायतका काममा व्यस्त रहन्छन| केहि समय अगि मात्र २ ओटा भिडियोहरु सहित पाँचौ एल्बम ” रिस्पेक्ट ” सार्बजनिक गरेका थिय| सोहि एल्बममा रहेको “थोरै थोरै” बोलको गितको पनि म्युजिक भिडियो सार्बजनिक भयको छ। यस गीतमा शब्द चर्चित गायक जेम्स प्रधानका पिता जी.एम.प्रधानको रहेको छ| एउटा युवा एउटी युवती तिर आकर्षित भयको कुरा गित मार्फत व्यक्त गर्न खोजियाको छ| तिनै सब्दलाई आफ्ना चर्चित गीतहरु भन्दा अलि फरक ढंगमा संगीतबद्ध गरेका छन् गायक बाबु बोगटीले अनि संगीत संयोजन गरेका छन् मोहित मुनालले| Find More …
संगीतको निरन्तर साधनाले खारियको स्वरकि धनि गायिका निशा देशार फेरी आयकि छिन् नया गित “लत लाग्यो” को साथमा| अहिले बजारमा चर्चा बटुल्ने क्रममा रहेको उक्त गितमा सब्द रचना गीतकार आनन्द अधिकारीको रहेको छ भने संगीत शिखर सन्तोषको रहेको छ| मायाको लत अनौठो हुन्छ, जुन धोएर नजाने -रोएर नजाने, छुटाउदा नछुट्ने -भुलाउंदा नहुने , लौन कस्तो लत लाग्यो ? सागर सरि मदिराको मातै मात लाग्यो | साएद माया को लत येस्तै हुन्छ होला भन्नु हुन्छ गीतकार आनन्द अधिकारी| मेलोडियोस पप सैलिमा तयार पारीयको उक्त गीतमा बिजेश्वर तन्डुकारको संगीत संयोजन रहेको छ|
नेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्न धेरै श्रस्टा र सर्जकहरु छ्न । यसै क्रममा लामो समय देखी नै अत्यन्तै संगीतलाई माया गर्ने एक कुशल गितकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ । उनको राजकुमार एल्बममा समाबेश गित “एउटा गाउ थियोको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
विगत लामो समयदेखी पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आईरहेकी गायिका माया के.सी.को पहिलो लोकदोहोरी गीत बरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ। निकै नै मिठो स्वरकी धनी मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के.सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ ।