
ऐतिहासिक गायिका मेलवादेवी बिस १९९० साल तिरकी बहुचर्चित गायिका हुन् । भन्ने गरिन्छ- लोक संगीत, शास्त्रीय संगीतको बेजोड सम्मिश्रणयुक्त स्वर माधुर्य र यस प्रकृतिको जादुगरी आवाजले भरिएकी अमर र अजम्बरी गायिका नेपाली संगीतमा बिरलै जन्मिएलान । झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै, आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा, माया मारी- मारी निष्ठुरीले, हाय मेरो परदेशी प्रियतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, न घरलाई घर कहलिन्छ, भूकम्पको त्रास, ( नेवार भाषामा गाईएको गीत ) थापा न थली, श्री ३ महाराज सुन प्रभु, क्रय फुलबारी, आदि मेलवादेवीले गाएका उत्कृष्ट गीतहरु हुन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वर शृंगारले बसिभुत तुल्याउंदै, स्वरको माध्यमबाट सम्मोहन छर्दै बि.स. २००७ साल अघिको समयमा नेपालीहरुको घर घरमा चर्चाको केन्द्रमा रहिन । अन्तत: कलकत्तामै जीवनको अन्तिम स्वास फेरेकी हुन् । Find More …