बिनोद ढकालको “बाजेले गितार बजाउनु भो” भिडियो सहित

दर्शक श्रोतालाई फरक फरक स्वादका गित संगीत दिनका लागि प्राय प्रयोगात्मक गित संगीत गर्दै आयका विनोद ढकाल नया गीतको साथमा फेरी आयका छन्| सब्द, संगीत तथा गायनमा फरक पन दिन खोज्ने विनोदले र्याप , पप गित गाउदै आयका छन्| उनको यो पछिल्लो गित र्यागी फ्लेभरको छ| शव्द, संगीत र स्वर सवै ढकालको रहेको उक्त गीतमा उमेर पाकेको (बाजेले) मान्छेले गितार बजायको अनि बजैनाच्न लजायको यस्तै यस्तै सब्दलाई र्यागी धारमा कम्पोज गरेर रेकर्ड गरेका छन्|

लामो समयदेखि फरक सब्द, संगीत तथा गायनमा मात्र अभ्यस्त नभयर ढकालले म्युजिक भिडियो युनिक ढंगको बनाउने प्रयाश गरेका छन्।
१८ चैतमा प्रदर्शन हुन लागेको लालटीन फिल्मको संगीतकार समेत रहेका ढकाल सांगितिक क्षेत्रमा लोक–पपलाई कुशल ढंगबाट प्रस्तुत गर्छन् । उकालीमा हजुर मोटर चढ्दो रैछ भन्ने लोकगीतमा र्याप गायका ढकालले किङ फिल्मको भ्रुम भ्रुम भन्ने गीत पनि गाएका छन् । यो गीतको भिडियो अनुप गिरिसंग मिलेर आफैले बनायक छन्| शुभकामना छ बिनोद ढकाललाई उनको सांगीतिक यात्राले शिखर चुम्दै जाओस|

https://youtu.be/iLLLziT_bQE?t=5