प्रेम वियोगको भावलाई सरल शब्दहरुमा अभिव्यक्त गर्दै एउटा निक्कै कर्णप्रिय गीत बनाएका छन् चर्चित गीतकार देवदत्त भट्टले । “Devdatta Bhatta’s Lyrics” एल्बम भित्र समावेश यस गीतलाई Sky Digital ले प्रस्तुत गरेको हो । गीत अनुसारको उत्कृष्ट भिडियो यु ट्युब मार्फत सांगीतिक बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक आनन्द कार्किको आवाजमा सजिएको उक्त गीतमा सामवेद को संगीत सुन्न सकिन्छ ।
संगैका प्रेमी प्रेमिकाहरु एक आपसमा छुट्टिनु पर्दा छुट्टिएर जानेको खुशी र बस्नेको पिडा कस्तो हुन्छ भन्ने कुरा भिडियोमा अभिनय गर्ने कलाकारहरुको अभिनयबाट छर्लङ्ग देखिन्छ । अनुराज नेपाली, रेखा के सी र प्रतिक कार्कीको मुख्य भूमिका रहेको यस भिडियोमा गायक आनन्द कार्कीको गायनको लोभलाग्दो जीवन्त दृश्य समेत देख्न सकिन्छ । सुगम संगीतको यात्रामा एउटा अर्को राम्रो सृजना थपिएको भन्नुहुन्छ यस गीतको भिडियोलाई निर्देशन गर्नु भएका निर्देशक विजय राज भुर्तेल । निर्देशक भुर्तेलको आफ्नै सम्पादनमा तयार भएको यस गीतलाई सबै खाले स्रोता एवं दर्शकहरुले मन पराउने आशा व्यक्त गर्नुहुन्छ गीतकार भट्ट पनि । यस गीतले सम्पूर्ण संगीतप्रेमीहरुको मन जित्न सफल होस्, हाम्रो पनि शुभकामना ।
https://youtu.be/edSbiYXSPFU?t=160