नेपाली सांगीतिक बजारमा अर्को सुन्दर श्रीजना थपियको छ |गायक तथा संगीतकार बिक्की श्रेष्ठको रिदम अफ लभ एल्बमबाट मैना बोलको गितको भिडियो सार्बजनिक भयको छ| उक्त गीतमा सब्द कुन्दन थापाको रहेको छ भने संगीत सुरज श्रेष्ठले भरेका छन्| एउटा लुटीयर एक्लै परेकी महिलाको व्यथामा आधारित सब्दलाई पपाधुनिक धारमा संगीतबद्ध गरियको छ | गित सुन्दा हिन्दि, सुफी फ्लेभर आउन सक्छ| मेलोडी गित संगितक परखिका लागि एउटा राम्रो उपहार साबित हुन सक्छ गायक बिक्की श्रेष्ठको मैना|
यो गीतको भिडियो निर्देशन गरेका छन् चिर परिचित निर्देशक प्रसन्न पौडेलले| हाल उनि अमेरिकामा रहेर धेरै भिडियो निर्देशन गरिरहेका छन्| उनीद्वारा निर्देशित यो भिडियोमा नायिका केकी अधिकारी तथा इशानले अभिनय गरेका छन्| नायिका केकी अधिकारी पनि हाल अमेरिकाका विभिन्न सहरमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिदै छिन्| शम्भु मोक्तानको क्यामेरा वोर्क तथा हिमाल जोशीको सम्पादन रहेको भिडियो पनि सुन्दर बनेको छ| बधाई तथा शुभकामना मैना टोलीलाई|