कन्हैया दम्पतिलाई सर्वोत्कृष्ट दशक अवार्ड

14203492_1348476121830920_907761192_oनेपाली गित संगीतका विभिन्न विधामा लागिपरेका श्रस्टाहरुलाइ सम्मान गर्ने क्रममा क्यापिटल इभेन्ट ग्रुपद्वारा नाचघर जमलमा यहि भाद्र १५ गते सम्मान कार्यक्रम आयोजना गरेको थियो| उक्त कार्यक्रममा गायक कन्हैया सिंहलाइ सर्वोत्कृष्ट दशक गायकको एवार्ड र गायिका अन्जना गुरुङलाइ सर्वोत्कृष्ट दशक गायिकाको एवार्डबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा बर्ष सर्वोत्कृष्ट गायक गायिका मनोजराज र श्रेयसी चेम्जोङ्गले पाए भने बर्ष सर्वोत्कृष्ट अन्यतर्फ गीतकारमा कृष्णहरि बराल, संगीतमा सन्तोष श्रेष्ठ, युगल गायनमा राजेश पायल राई र सोनिका केसी, रेकर्डिस्टमा भोला पौडेल, एरेन्जरमा मनोहर सुनाम, नृत्य निर्देशनमा शिब बिके लगायतले पाउनु भएको थियो त्यसैगरी लाइभ टाइम एचिभ्मेण्टको अवार्डबाट बरिष्ठ गायक योगेश बैद्यलाई सम्मान गरिनुको साथै संगीत पत्रकारिता सम्मानबाट सुमन बैरागीलाई सम्मान गरिएको थियो ।