नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको यो पहिलो कोशेली “प्रतिक्षा”मा ६ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीको साथै संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बम “प्रतिक्षा”को सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । यो एल्बमको गीतहरु ए वन म्यूजिसियन स्टूडियो, अकेस्टिक स्टूडियोमा रेकडिङ्ग गरेको हो जसमा रेकडिङ्ग साजन शाह र दिप घतानीले गरेका हुन् साथै मिक्सिङ्ग भने किशोर थापा र प्रकाश मिश्रको रहेको छ । Find More …
गीतकार सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना” नामक गीती एल्बम सांगीतिक बजारमा सार्वजनिक भएको छ । असल स्वभाव एवं मृदुभाषीका पर्याय स्रष्टा सुन्दर पन्त एक कुशल शिक्षाविद् समेत हुनुहुन्छ| ८ ओटा गित रहेको उक्त सुन्दर सपनामा अन्जु पन्त, तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्प गुरुङ्ग र विजय थापाको स्वर रहेको छ| आधुनिक,लोकपप तथा राष्ट्रिय बिधाका रचनाहरुमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी र कल्याण सिंहले संगीत भर्नुभएको छ ।