सांगीतिक परिवारमा जन्मियका सन्जिब कुमारले “बिलौना” नामक एक लोक गित बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेता पनि आफ्नी बहिनि रेखा पौडेलको एकल संगीतमा करिब तिन बर्ष अगि आधुनिक गीति एल्बम “अठोट ” सार्बजनिक गरेका थिय | गायक सन्जिबले अनेक आरोह अबरोह पार गर्दै दोश्रो एल्बम ” अतृप्त ” लाई तयार पारेर आफ्नो सांगीतिक यात्रा जारी रहेको प्रमाणित गरेका छन् | नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भब्य समारोहमा आकाश अधिकारी , देबी माया पौडेल , आनन्द कार्की, राजु सिङ्ग , लोकेश ढकाल , बसन्त सापकोटा , मुस्कान ढकाल , अमर तिमल्सिना लगायतको हातबाट एल्बम “अतृप्त” सार्बजनिक गरियको हो| कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै अग्रज ब्यतित्वहरुले यस एल्बमको सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए भने आफ्नै ममतामयी माता देबी माया पौडेलले पनि दुई आफ्ना मुटुका टुक्रा छोरा सन्जिब र छोरी रेखाको सांगीतिक यात्रा अझै धेरै फस्टाओस भन्दै आशिर्बाद ब्यक्त गर्नु भएको थियो ।
Find More …
सांगीतिक समुह नेपथ्य र अमेरिका जब जोडिन्छ तब केहि चर्चा चुलिने गर्छ| केहि समय अगि VISA रिजेक्टको कुराले आकाश छोयको थियो भने गत बर्षको एउटा मात्र शोले पनि अनेक प्रश्न खडा गरेको थियो| गत बर्ष नेपथ्य न्यु योर्कमा आउदा अन्य राज्यहरुबाट पनि कार्यक्रमको लागि पहल गरियको थियो तर सबै मिथ्या भयको थियो| कुनै पनि नेपाली कलाकारको भन्दा धेरै ठुलो माग ब्याण्डले गर्ने गरेको छ चाहे त्यो पारिश्रमिकको कुरा होस् या हस्पिटालिटिको कुरा होस् या भेन्युको कुरा या साउण्ड सिस्टमको कुरा सबैमा नेपथ्यको आफ्नै अडान हुने गरेको छ|
नेपाली गित संगीतका विभिन्न विधामा लागिपरेका श्रस्टाहरुलाइ सम्मान गर्ने क्रममा क्यापिटल इभेन्ट ग्रुपद्वारा नाचघर जमलमा यहि भाद्र १५ गते सम्मान कार्यक्रम आयोजना गरेको थियो| उक्त कार्यक्रममा गायक कन्हैया सिंहलाइ सर्वोत्कृष्ट दशक गायकको एवार्ड र गायिका अन्जना गुरुङलाइ सर्वोत्कृष्ट दशक गायिकाको एवार्डबाट सम्मानित गरिएको हो ।
भाद्र १३, काठमाडौँ । नायिका नम्रता सापकोटा यति बेला फिल्म ‘ब्रासलेट’को प्रचारप्रसारमा ब्यस्त छिन् । यही बीचमा पनि उनि ‘माइकल स्टेप-अप याण्ड आर्ट्स एकेडेमी’ले आयोजना गरेको तीज कार्यक्रम साथसाथै तीज डान्स कम्पिटिसनमा सहभागी भईन । कार्यक्रममा नम्रताको साथमा बरिस्ठ संगीतकार राम सिटौलापनि सहभागी थिए ।