संगीतमाथी बहश

13508998_10209581867884415_5187608597383028510_nनेपाल संगीत तथा नाट्य प्रतिष्ठान संगीत विभागद्धारा आयोजित नेपाली संगीत हिजो र आज बिषयक बिचार गोष्ठि बुधवार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली संगीतको विकाश सुरु भएको एक शताब्दी नाघिसकेको अबस्थामा संगीतकार गायक एवम् संञ्चारकर्मी टिका भण्डारीले कार्यक्रममा आधुनिक सुगम संगीतको विगत देखी वर्तमानसम्मको  स्थितीको खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए। बिधिवत रुपमा सेतुरामले बि.स १९६५ मा रेकर्ड गरेको गीत देखी वतमार्न अबस्थाका बिभिन्न बिधाका गीतसंगीतका आरोह अवरोहलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले २००७ साल भन्दा अघिको संगीत क्षेत्र, २००७ साल देखी २०४६ साल र २०४६ पछिको संगीत क्षेत्र गरी तिन खण्डमा बिभाजन गरेका थिए। Find More …

स्मिताको रागिनी सार्वजनिक

गायिका स्मिता दाहालको तेस्रो कोसेली स्वरुप रागिनी एल्बम माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्यततामा राजधानीमा बुधवार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। योगेन्द्र मणी दाहालको एकल रचना र सुनिल मास्केको एकल संगीतमा सजिएको एल्बमका सबै ५ गीत स्मिताको स्वरमा सजिएको छ|अमुल कार्की ढलीको संगीत संयोजन रहेका सबै गीतको मिक्सिंग तथा मास्टरिङ्ग किशोर थापाले गरेका हुन्| उल्लेखनीय संगीतकर्मीको उपस्थिती रहेको बिमोचन समारोहमा माओबादी अध्यक्ष प्रचण्ड, नागरीक उड्ययान मन्त्री आनन्द पोखरेल, गीतकार यादव खरेल, गायक दीप श्रेष्ठ र गायक संगीतकार दीपक जंगमले एल्बमको एक साथ बिमोचन गरेका हुन्। Find More …

१० औ इजरायली फिल्म फेस्टिवल

२३ – २४ जुन २०१६

संसारभर जनता माझ पुग्ने, सास्कृति, मान्यता र परम्पराहरुको साटासाट गर्ने एउटा महत्वपूर्ण माध्यम सिनेमा भएको छ ।  सिनेमाले देशको महत्वपूर्ण जानकारी दिने र जनता र तिनीहरुका भाषाहरुको पनि प्रतिनिधित्व गर्दछ । सिनेमाले सरलरुपमा  वास्तविकताको उजागर गर्दछ । यसलाई सचेतना जगाउने र विचार ब्यक्त गर्ने साधनको रुपमा पनि प्रयोग गरिन्छ । इजरायलको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल फिल्म सोसाईटी र इजरायली दूतावासले संयुक्त रुपमा १० औं इजरायली फिल्म फेस्टिवल काठमाण्डौस्थित रुसी सााकृतिक केन्द्रमा यही २३ – २४ जुन २०१६ मा आयोजना गर्दैछ । Find More …

मधुशाला बजारमा

गायक सत्यराज आचार्यको महत्वकाक्षीं गजल एल्बम मधुशालाको राजधानिमा एक भव्य कार्यक्रमको बिच बिमोचन भएको छ।शनिवार राती सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गर्दै सत्यराज आचार्यको एल्बमलाई सम्पूर्ण आचार्य परिवारले एक साथ बिमोचन गरेका हुन्।बिमोचन गर्नेमा पिता भजनशिरोमणी भक्क्तराज आचार्य, माता सावित्री आचार्य र भाई स्वरुपराज आचार्य रहेका थिए।८ ओटा गजल समावेश उक्त एल्बमको सबै गजलमा शव्द,संगीत र स्वर गायक स्वयमको रहेको छ। Find More …