संगीतमाथी बहश

13508998_10209581867884415_5187608597383028510_nनेपाल संगीत तथा नाट्य प्रतिष्ठान संगीत विभागद्धारा आयोजित नेपाली संगीत हिजो र आज बिषयक बिचार गोष्ठि बुधवार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली संगीतको विकाश सुरु भएको एक शताब्दी नाघिसकेको अबस्थामा संगीतकार गायक एवम् संञ्चारकर्मी टिका भण्डारीले कार्यक्रममा आधुनिक सुगम संगीतको विगत देखी वर्तमानसम्मको  स्थितीको खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए। बिधिवत रुपमा सेतुरामले बि.स १९६५ मा रेकर्ड गरेको गीत देखी वतमार्न अबस्थाका बिभिन्न बिधाका गीतसंगीतका आरोह अवरोहलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले २००७ साल भन्दा अघिको संगीत क्षेत्र, २००७ साल देखी २०४६ साल र २०४६ पछिको संगीत क्षेत्र गरी तिन खण्डमा बिभाजन गरेका थिए। Find More …

बरिष्ठ संगीतकार दिपक जंगमसंग संगीत दिवस बिशेष कुराकानी

9c35ddd8-bf35-416e-b45a-a011228af9a5२१ जुन अन्तराष्ट्रिय संगीत दिवसको चहलपहल हुदै गर्दा नेपालमा भन्ने शून्य प्रायनै रह्यो। नेपाली संगीतको स्तर खस्कदै जादा यसलाई उकास्नको लागी संगीत दिवसको अबसर पारेर न त सरकारी निकाय बाटै केही काम हुन सक्यो न त संगीत संम्बन्धि संघ संस्थालेनै उल्लेखनिय केही कार्य गरे। क्यालेण्डर र नारामा मात्र सिमित भएको संगीत दिवसले नेपाललाई छुदै छोएन्। पानामा मात्र ठूला कार्यक्रम बनाएर व्यवहारमा केही काम नहुदा संगीत दिवसले पनि सार्थकता पाउन सकेन यसै सेरोफेरेमा रहेर हामीले बरिष्ठ संगीतकार एवम् गायक दीपक जंगमलाई ५ प्रश्न सोधेका छौ, Find More …

प्रेमगित हिरोको यात्रा सिनेमा हलबाट ट्याटु सम्म्

13501873_763546137118551_453223199124454122_nप्रेमगित आफैमा व्यावसायिक रुपमा सफल चलचित्र| जती कमर्सियल बन्यो चलचित्र त्यती नै दर्शक श्रोताको मन जित्न पनि सफल बन्यो चलचित्रले। जती निर्माण पक्षलाई फाइदा पुर्‍यायो त्यो भन्दा बढी सफल बनेर उदाए नायक प्रदिप खड्का|

चलचित्र स्केप बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका प्रदिपको पहिलो चलचित्र खासै व्यबसायिक नबने पनि अभिनयको तारिफ भने राम्रै पाएका थिए। जब प्रेमगित चलचित्रका गितहरु रिलिज भए त्यसताका नै धेरै रुचाइयो गितसंगीत अनि साथमा रुचाइए प्रदिप पनि, चलचित्रको रिलिज सङ्गै एकाएक सबैको नजरमा परे प्रदिप् उनको अभिनयको तारिफ मात्रै भएन धेरै शुभचिन्तक पनि कमाए प्रदिपले। Find More …

सडक दुर्घटना कम गर्न के गर्नु पर्ला? कलाकारका बिचार

babinदेशभित्र हरेक चिजहरुमा बेथितीले सिमा नाघि सकेको छ। सरकारी ढंगबाटै नियमत रुपमा कुनै काम हुन नसक्दा आम मानिसहरु समेत नियम कानुनकै बेवस्ता गर्न अघि सर्छन्। सडक देखी सदन सम्मै कानुन बिनाको देश जस्तो बनि रहेको नेपालमा नियमलाई लागु गर्ने निकाय समेत कानमा तेल र आखाँमा पट्टी बाधेर बसेको छ। दिनहु सडक यात्राको सामान्य हेलचेत्र्याईमा कतिले ज्यान गुमाईरहेका छन्। आम नागरिक किन आकाशे पुलमुनीनै बाटो काट्छन? गाडी बाईक चालकहरु जेब्राक्रशमा समेत गती नघटाएर किन दादागरी देखाउछन्? सार्वजनिक यातायातहरुमा समेत आरक्षणको कुनै मूल्य छैन। के यसलाई सुर्धान सानै देखी स्कुले पाठ्यपुस्तकमै पढाईको ब्यवस्था हुनु पर्ने हो? भन्ने बिषयमा हामीले केहि सेलेब्रेटीको राय बुझेका छौ। Find More …