पेशाले शिक्षक, प्यासले गायक गङ्गाधर पराजुलीको आवाजमा सजिएको ”प्यासी प्यासी” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको उक्त गित चाहना एल्बममा समाबेश छ|गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्| भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
https://youtu.be/aEuJ1HxvyFA?t=84
यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “सफर”ले बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि सम्बादहरु समेटेर नयाँ ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरको नाम दियियको छ “हतार” | धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो ।
करिब ६ बर्ष अगाडि ” जति टाढा भये पनि … ” , ” पलपल छाती चर्कायर ” जस्ता निकै नै लोकप्रिय गीत गाइसक्नु भए की गायिका मिनु गैरेले दोस्रो एल्बम ” फनफनि ” को साथमा फनफनी गीत नै लिएर आएकि छिन । फनफनी गीतलाइ निकै मीठो तरिकाले गायकी छिन उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ अनि मीठो सङीत अनि एरेन्जर बिनय केटुले गर्नु भएको छ ।