नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी -२ को दोश्रो गीत “के यो माया हो” रिलिज भएको छ ।साहिल खड्काकै शब्द /संगीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन भने साहिल खड्कालेनै दिएका छन ।जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् Find More …
गीत संगीतका डाक्टरका रुपमा चिनिनुहुने रचनाकार डा कृष्ण हरि बरालका माया पिरती, मिलन बिछोड आदि भाव समेटिएको एल्बम “शंका”मा आधुनिक गित गजलका सुरिला संगीत सर्जक संगीतकार गैरे सुरेशको शुमधुर संगीत रहेको छ| उक्त गीति एल्बम गायिका शोभा पाण्डेको पहिलो एल्बम हो| बिन्दबाशिनी म्युजिक मार्फत केही समय अगि सार्बजनिक भयको एल्बमका गीतहरु एक पछि अर्को भिडियो बन्दै छन्| एल्बमको शीर्ष गीतले राम्रो चर्चा पायको थियो| सोहि एल्बमबाट “मनाही छ” गीतको भिडियोको पनि राम्रै प्रशंशा बटुलेको थियो|
लामो समय देखी नेपाली संगीत क्षेत्रमा काम गरीरहेका फराज अर्पणले “महशुस गर” गीतबाट गायन बिधामा निकै नै चर्चा पाए| गायनसंगै संगीत श्रीजना तथा भिडियो निर्देशनमा जमिरहेका फराजले गायन यात्रालाई निरन्तरता दियका छन् पछिल्लो “सर्लक्क मिलेको कम्मर” बोलको गीत मार्फत| उक्त गीतलाई युत्युब मार्फत केहि दिन अगि सार्वजनिक गरेका छन।दर्जनौ गीतमा संगीत र भिडयो निर्देशन गरिसकेका फराज अर्पन को आफ्नै प्रिथक शैली रहेको उनको श्रीजनाहरुबाट महसुस गर्न सकिन्छ।