श्रीकृष्ण बम मल्लको गायन यात्रा

बागलुंग जिल्लामा जन्मियाका संगीतकर्मी श्रीकृष्ण बम मल्ल कुशल भलिबल खेलाडी पनि हुन्| सांगीतिक परिवार रहेको मल्लकी श्रीमती लक्ष्मी पनि गायिका हुनुहुन्छ| खेल पछि संगीतमै समर्पित मल्ल सुरुमा गायकको रुपमा अगाडी बडन चाहन्थे तर स्वाथ्यले साथ् नदिय पछि गित लेखन, संगीत भर्ने , अभिनय गर्ने तथा गराउने काममा व्यस्त रहदै आयका छन्| दर्जनौ कालजयी गीतसंगीत श्रीजना गरिसकेका मल्लले अब आफ्नो गायन यात्रा निरन्तर गर्ने भयका छन् , राजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘शिवम’को गीत ‘डोली लिइ आउनु’ गीतबाट| लोकदोहोरी धारको यो गीतमा श्रीकृष्ण बम मल्लले शब्द , संगीत र स्वर दियका छन्| उक्त युगल गीतमा उनलाई गायिका रेश्मा के.सी.ले साथ दिएकी छन् । Find More …

युसुफको “तिम्रो नयनमा” सार्बजनिक

पछील्लो समय खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान ।  यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाा गीत तथा भिडियो सार्वजनिक भएको छ । “युसुफ” नामक एल्बममा समेटिएको ” तिम्रो नयन” बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल ’ले सार्वजनिक गरेको छ ।
यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन ।  Find More …

सन्जिब कुमारको अर्को तयारी “अस्तित्व”

संगीतमा तल्लिन सन्जिब कुमार पौडेल नवलपराशी देखि राजधानी सम्म संगीतलाई संग संगै लियर अगि बढिरहेका छन्| हुन त उनि पेशाले शिक्षक हुन् तर गित संगीत जीवनको अभिन्न अंग बनिसकेको छ| एक पछि अर्को गित एल्बम निकाल्दै अगि बढ्नेक्रममा उनि लागिपरेका छन्, आगामी तेस्रो एल्बम “अस्तित्व”को तयारीमा| उक्त एल्बम मा नारायण कंडेलका शब्द अनि सन्जिब र रेखा पौडेलको संगीत रहने छ| Find More …

“मुस्कुराउँदै आयौ तिमी” गाउदै सन्जिब कुमार र रजीना

सांगीतिक परिवारमा जन्मियका गायक सन्जिब कुमार पौडेल सानै देखि संगीत सिक्दै अगि बढिरहेका छन्| संगीतकर्मी स्वर्गीय पिता बाट प्रारम्भिक संगीत सिकेका सन्जिब अहिले संगीतकार बहिनि रेखा संग गित गायर सांगीतिक यात्रा निरन्तर गरिरहेका छन्| केहि वर्षा अगि अठोट एल्बम सार्बजनिक गरेका संजिबले सोहि एल्बमको “मुस्कुराउदै आयौ तिमि” बोलको गितको भिडियो अहिले सार्बजनिक गरेका छन्| डा. कृष्ण हरि बरालका रोमान्टिक शब्दमा सुरिलो संगीत भरेकी छिन् संगीतकार रेखा पौडेलले| आधुनिक तथा गजल संगीतमा सर्बाधिक रुचाइयका संगीत संयोजक मध्ये एक किरण कंडेलको संगीत संयोजन रहेको छ| Find More …