२०६० र २०६७ सालमा गरि दुई वटा आधुनिक गीतको एल्बम निकालेका गायक नारायण धिताल हाल बेल्जियममा रहेर पनि संगीतलाई निरन्तरता दियिरहेका छन् | ‘देखे तिमीलाई’ बोलको गीतको भिडियो मार्फत फेरी आएका छन् । यो गीतमा आफ्नै शब्द ,संगीत एबम सुमधुर स्वर रहेको छ ।यसै गरि यो गीतको म्युजिक भिडियोलाई दीपेश रेग्मीले निर्देशन गरेका छन् । स्कटल्याण्डको Find More …
Category: Music
recent songs description
दीपक शर्मा र देवी घर्तीको नयाँ गीतको भिडियो सार्वजनिक
देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ । गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले । Find More …
मनोजको मोडलिंग यात्रा
करिब १५ बर्ष देखि संचार जगतमा सक्रिय मनोज बिस्टको संचार यात्रा रेडियो प्राबिधिकबाट सुरु भयता पनि उनले समय अनुसार आफुलाई परिमार्जित गर्दै आइरहेका छन्| म्युजिकजोय मिडिया संचालनगर्दै भिडियो निर्देशक बनेका बिस्ट मोडलिंग तर्फ पनि पाइला चाल्न थालेका छन्| उनले निर्देशन गरेको नयाँ गीत “धरानको बजारमा”मा उनको पनि अभिनय रहेको छ । गायक संसार दिलिप तथा सीमा संग्रौलाको संयुक्त आवाज रहेको “धरानको बजारमा” बोलको गीतमा बिनोद प्रियदर्शी राईको शब्द र संगीत रहेको छ भने भिडियो मनोज बिस्टले नै निर्देशन गरेका छन् । Find More …
गुड्न थाल्यो किशोरको रेल
गायक किशोर सिवाकोटीको गित “गुडी जाने रेल” सार्बजनिक भयको छ| गायक किशोरकै शब्दमा संगीत भरेका छन् संगीतकार सुनिल मास्केले| लोक आधुनिक पप समिश्रण रहेको गीतमा मन परेको मान्छेलाई फकाउने भाव व्यक्त गरियको छ| संगीतकार सचिन सिंहको संगीत संयोजन रहेको गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो | यो गित संगै किशोरको गीति रेल गुड्न थालेको छ| Find More …