अनुष्का र युवराजको “मनको दाग” हेर्नुहोस

मायाको संसार नामक गीति एल्बम संगै नेपाली गीत संगीत जगतमा देखा परेकी अनुष्का पाठक, गीत  संगीतमै सक्रिय रहदै आयकि छिन्| प्राय सबै गायक गायिकाको मनमा यस्तो गित गाउन पाय या यस्तो गित बनाउन पाय हुन्थ्यो भन्ने इछ्या हुन्छ तर कतिले लेख्न जान्दैनन् त कतिले संगीत भर्न| तर गायक युबराज अनि गायिका अनुष्काले भने आफ्नो मनको कुरा पुरा गरेका छन् यो नया गित “मनको दाग” मार्फत| अनुष्काले मनमा आयको कुरा शब्दमा पोखेकी छिन् भने युवराजले संगितभरेका छन् अनि युगल गायनमा तयार भयको छ “मनको दाग”| उक्त गीतलाई महाराज थापाले संगीत संयोजन  गरेका हुन।जुन गित आधुनिक गीतका परखिका लागि अनुपम उपहार बन्नेछ| Find More …

सहि समयमा सहि काम गरौ भन्ने संदेश, शिव परियारको “अल्लारे मै हो”मा

भनिन्छ सहि काम सहि समयमा गरियो भने सहि गन्तब्यमा पुगिन्छ| मौका आउछ तर पर्खिदैन| तेस्तै मान्छेको जन्मे पछि समय अनुसार सुहाउदा कार्यहरु हुने गर्छन| निश्चित समय पछि अध्यन सुरु, कर्मकंड, सारीरिक परिवर्तन लगायतका कुरा| भन्ने अनि मान्ने गरिन्छ माया पिरती बेलै मा लगायको राम्रो तर फलफुल अलि पाकिसके पछि खायको राम्रो| यस्तै गहकिलो संदेश रहेको रमाइलो गित “अल्लारे मै हो” भिडियो सहित सार्बजनिक भयको छ| गीतकार राजु थापा मगरको सब्दमा गायक तथा संगीतकार शिब परियारले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीतलाई भिडियो सहित सार्बजनिक गरेका हुन्| Find More …

गायिका मेनुका राईको लोक जुहारी “बाँसको चोयाले”को भिडियो हेर्नुहोस

गायिका मेनुका राईले एक पछि अर्को नया गित सार्बजनिक गर्ने क्रममा नया गित “बाँसको चोयाले” भिडियो सहित सार्बजनिक गरेकी छिन्| गीतकार शिखर गजरकोटेको लेखन तथा पुर्वेली सर्जक प्रियजन राईको भाका सृजनामा तयार भएको गीत बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मोयालेमा प्रियजन र मेनुकाको स्वर सुन्न सकिन्छ । यो गीत पुर्वेली गायिका मेनुका राईको पछिल्लो लोक जुहारी हो । Find More …

निमाको “शो”मा नारायणको “निश्चल” सार्बजनिक

अमेरिकाको सिकागो सहरमा तरंगको इभेन्ट निमा रुम्बाको भ्यालेन्टाइन बिशेष कार्यक्रममा लामो समय देखि नेपाली गित संगीतमा लागि परेका गायक नारायण गजमेरले “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरेका छन्| बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वाट गित समबेश गरिएको “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरियको हो गितहरु मार्मिक ,सान्दर्भिक र मनोरंजनात्वमक रहेको उनले बताउछन। उक्त कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र अनडिसाइडेड ब्याण्डद्वरा नेपाली गित संगित प्रस्तुत गरिएको थियो। Find More …