धेरै मानिसहरुले सुन्ने र भन्ने गरेको भनाई हो यो । साँचो मायामा मान्छेले आफ्नो ज्यानै दिन र परिआए मर्न समेत पछि पर्दैन भन्ने कुरा एउटा मर्मस्पर्शी गीत र त्यस गीतका लागि बनाईएको म्यूजिक भिडियो मार्फत उजागर भएको छ । आफुले मन पराएको मान्छेको निम्ति आफ्नो जिन्दगानी नै अर्पण गर्न सक्ने मायाको त्यो उचाई साँचो माया गर्नेहरुले मात्रै अनुभूत गर्न सक्दछन् , वास्तविक मायाको रंगले त्यही हृदय रंगिन्छ जुन् हृदयले मायाको निश्चलता अनि साँचोपनको आकाश छुन सकेको हुन्छ र त्यहीँनिर नै त्याग अनि समर्पणको अन्तहीन् अभिव्यक्ति झल्किन्छ । यस्तै यस्तै भाव झल्किने एउटा गीत- ” जुन् साइतमा भएपनि तिम्रै सामु पर्न पाएँ, खुशी छु म आज साह्रै हाँसी हाँसी मर्न पाएँ,” जीवन्त म्यूजिक भिडियो मार्फत सार्वजनिक भएको छ| दिनहूँ सार्वजनिक भैरहने कैयौँ गीतहरु माझ बिल्कुल फरक लाग्ने यस गीतका रचना देवदत्त भट्टले गरेका हुन्,गीत रचनाको अब्बल श्रेणीमा रही बिषयवस्तुको यथार्थतालाई अति नजिकबाट नियालेर तद्अनुरुपको सृजना दिन सक्ने गीतकार भट्टका यस अघि पनि निक्कै ओजनदार गीतहरु सार्वजनिक भैसकेका छन् । Find More …
गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार आलोक चाम्लिगं राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।
पहिलो एल्बम “सत्यता “बाटै केहि अवार्ड सहित चर्चा बटुलेका गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ मा अन्जु पन्त र मनोज राजलाई “कस्तो माया लाईयो हजुर” को बोल को गीतको भिडियो मार्फत फेरि साङितिक मिलन गराउनु भएको छ। केहि समय अगिनै चर्चित बनेको यो गीतको भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक नेपालले बजार मा ल्याएको यो सत्यता -2 मा जम्मा ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको स्वर समावेश गरिएको छ ।
भनिन्छ सुन्दरता भन्ने कुरा हेर्नेको आँखामा भरपर्छ| एउटै कुरा पनि व्यक्ति अनुसार फरक फरक परिभाषित हुन सक्छ तर पनि केहि कुरा भने निश्चित छन् जस्तै फुल र काँडामा फुलनै राम्रो मानिन्छ तेस्तै दाग भयको भन्दा नभयको राम्रो मानिन्छ| यिनै सुन्दरताका प्रयाबाची बनेका कुराको सिमा नाघ्ने सुन्दरीको बयान गर्न खोजियाको छ राम कृष्ण ढकालको स्वरमा रहेको गित “यस्तो को हौ तिमी ?” मार्फत| श्रृंगारलाई पनि लाज लाग्ने, फूलले बास्ना सापटी माग्ने, मुस्कान तिमीलाइ देखेर हाँस्ने, सिम्रिकले पनि रङ साट्ने, मोतीसरी सागरले राख्ने, सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ? यस्तै शब्दमा बयान गरेका छन् गीतकार