सांगीतिक परिवारमा जन्मियर हुर्कियका कुशल खेलाडी समेत रहेका गायक अजर जंगम गित संगीतमा पनि आफ्नै पहिचान बनाउदै छन्| केहि अवार्ड्स समेत हात परिसकेका गायक अजरले पछिल्लो पटक “मेरा रोदन” बोलको गीतलाई भिडियो सहित सार्बजनिक गरेका छन्| चाहियन सागर नामक गिति संग्रहका लागी गीतकार लक्ष्मण राईले रच्नु भएका कारुणिक शब्दहरुमा संगीत भर्नु भयको छ वरिष्ठ संगीतकार दीपक जंगमले| छायामा परेका कुरामा प्रकाश छर्ने प्रयास यो गीतले गरेको छ | आवाज नसुनियका कुरा, ओत लाग्न नपायको कुरा , आँशु नदेखियको कुरा , दोबाटोमा पछारियको कुरा, पौरखको पहिचान नभयको कुरा आदिखाले रोदन गीतमा सुन्न सकिन्छ| गायक अजर जंगमले आफ्नो कारुडिक स्वरले गीतलाई जिवन्त पर्ने प्रयाश गरेका छन्| Find More …