टिका गोपाल संगीत छात्रबृती, यो बर्ष ममता र गणेशलाई ।

 

नेपालि गित संगीतको उत्थान तथा प्रबर्दन गर्नका लागि चर्चित गायक जोडी कन्हैया सिंह र अन्जना गुरुङ्गले  २०७० सालमा ‘टिका गोपाल डिजिटल एम कृएसन प्रा. लि.’,  स्थापना गरेका हुन्|  गायक कन्हैया सिंहकि स्वर्गिय माता टिका माई परियार र पिता गोपाल सिंह परियारको समझनामा यसै बर्ष देखि “टिका गोपाल संगीत छात्रबृती कोष”को इस्थापना गरेको छ उक्त कोषको सम्योजकमा कन्हैया सिंहकी बहिनी र कम्पनिकी बजार ब्यवस्थापक गिता परियार छन् भने प्रमुख छनौट समितिका दुइ निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ र गितकार एवम पत्रकार सुमन बैरागी हुनु हुन्छ । Find More …

काली काली मान्छेलाई “गोरी भन्दा रैछन”- हेमन्त शर्मा

सधै हसिला साथै रसिला देखिने गायक हेमन्त शर्माका गीतहरु पनि सदाबहार छन्| समयसंगै चल्दै आयका गायक हेमन्त शर्माले नयाँ गीत “गोरी भन्दा रैछन” भिडियो सहित आफ्नै यूट्यूब च्यानल “हेमन्त शर्मा” बाट सार्बजनिक गरेका छन् । एउटी चन्चले युवतीलाई जिस्कायका सब्द गायक आफैले रचेका हुन् भने प्रसिद्ध संगीतकार सुरेश अधिकारीले लोक आधुनिक पाराको संगीत भरेका छन् जसलाई महाराज थापाले संगीत संयोजन गरेका छन् । Find More …

“एक्लै जिउने रहर छैन” युबराज चौलागाईको

आधुनिकधारका मर्म स्पर्शी गित गाउदै आयका गायक युबराज चौलागाई “एक्लै जिउने रहर छैन” बोलको गितको साथमा फेरी श्रोता माझ आयका छन्। हालै भिडियो सहित सार्बजनिक गरियको उक्त गित, गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश छ । बिछोडका भावनालाई गीतका सब्दमा बुनियको छ जसलाई प्रल्हाद बोगटीले संगीतबद्ध गरेर सुरिलो धुन तयार परेका छन् अनि उदय राज पौडेलले संगीत संयोजन गरेर सुनौ सुनौ लाग्ने बनायक छन्।

भिडियो सहित आयको उक्त गित, उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन गरेका छन्| गाउनुका साथसाथै भिडियोमा युबराजको अभिनय रहेको छ । गितको भिडियोमा युबराजलाई बिपनाले साथ् दिएकि छिन ।

नयाँ एल्बम लिएर आए गायक त्रिलोक राना

चर्चित गायक त्रिलोक रानाले ७ वर्षपछि नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

Find More …