यसोधाको मेरो मन सार्वजनिक (भिडियो सहित)

नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।  शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप ” यसोधा – १” बजारमा ल्याएकी उनले संगीत साधक स्व. अंबर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाको आशिर्बादले थप उर्जा मिलेको बताउदछिन्।

Find More …

सुदन गैरको “साथ मागेर” सुन्नुहोस र हेर्नुस

चितवन माँ जन्मेर हुर्केका गायक सुधन गैरले नेपाल देखि अमेरिका सम्म गायन यात्रालाई निरंतरता दिईरहेका छन| गायन यात्रा गीति संग्रहबाट सुरु भयता पनी समय अनुसार अहिले फुटकर गीत निकाल्दै आईरहेका छन| कुनै प्रयोगात्मक गीत त कुनै निरन्तारिक गीतहरु दिनेक्रममा उनको नया गीत सार्बजनिक भयको छ| “साथ मागेर हेर” म साथ दिन्छु , जूनि भरी मायाको माथ दिन्छु , मुटुको धड़कन दिन्छु , हेर्ने आँखा दिन्छु, सबै दिन्छु किन भने तिमि मेरो माया हौ, तिमि बाहेक मेरो संसारमा कोही छैन भन्ने भावना बोकेको गीत गायक तथा नायक कोशिश क्षेत्रीले रचना गरेर संगीत भरेका हुन|पप मेलोडी  धारमा सृजित गीत गायक सुदनले भवनमा डुबेर गायका छन जसले गर्दा गीत जीवंत सुनिन्छ| Find More …

“रस खोजी हिंड्ने भँमरा” सार्वजनिक

bhamaraगायक विकास उप्रेतिको स्वरमा सजिएको गीत तिमी फुल बगैंचाको, म रस खोजी हिंड्ने भँमराको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतका रचनाकार अष्ट्रेलियामा कार्यरत रहेका सञ्चारकर्मी राम रुवाली हुन् । रुवालीले छिट्टै नै गीति एल्बम निकाल्ने तयारी समेत गरेका छन् । नेपाली गीत संगीतको श्रीबृद्धिका लागि आफुले फुर्सदको समयमा गरेका सिर्जना श्रोतामाझ पस्कदै जाने उनको भनाई छ । वास्तवमै रोमान्टिक भावमा लेखिएको गीतलाई विकास उप्रेतिको आवाजले पूरै न्याय गरेको छ भने यसमा मोडलहरु पुष्प खड्का र नम्रता सापकोटाले सुनमा सुगन्ध थपिदिएका छन् । Find More …

गायक जगदीश समाललाइ “आज पनि उस्तै भयो”

jagadish-samalगीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मीडीयाले बजारमा ल्याउने  तयारि  गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को “आज पनि त्यस्तै भयो ..” बोलको आधुनिक गित भिडियो सहित सार्बजनिक गरियको छ| आजको दिन पनि उस्तै भयो हिजो अस्तिको जस्तै भयो तिम्रो यादमा डुब्दा डुब्दै ननिदाई रात बित्यो .. यस्तै मायालुका यादमा डुबेका भावना भयको उक्त गित सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले गायक छन्| यो गित मार्फत उनि लामो समय  पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन । Find More …