सतीश चापागाईंको ‘सरकार चाहियो’ गीत म्युजिक भिडियो सहित सार्वजनिक

संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ ।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । “कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।” निर्देशक रामजी ज्ञवालीले बताउनु भयो। Find More …

सन्जिव पौडेल र खगेन्द्र दाहालको नया गीत ‘कैयौ सपना’

गीतकार खगेन्द्र दाहालको मार्मीक शब्द रचनालाई सन्जिब कुमार पौडेलले सङ्गीतबद्ध गरेर आफ्नै स्वर भरेर ‘कैयौं सपना’ बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा परदेशीको पीडा समेटिएको छ। एकबारको जुनीमा कैयौ सपना बोकेर परदेश गयको तर सोचे जस्तो नभयको पिडा गीतमार्फत व्यक्त गरियको छ जसले लाखौ बिदेशियका युवाको कथा बोलेको छ।

Find More …

गीतकार रन्जना राईको रोज एल्बम बाट “हावाले किन सुसेल्छ ?” को भिडियो हेर्नुहोस

गीतकार रन्जना राईको शब्द रचनामा तयार भएको एल्बम रोज का गीतहरुको एक पछि अर्को भिडियो सार्बजनिक भैरहेका छन्। अडियो लै बिन्दबाशिनी म्युजिक ले बजारमा ल्याए पनि भिडियो भने रचनाकार रन्जना राईले आफ्नै युत्युब च्यानल मार्फत सार्बजनिक गरिरहनु भएको छ। देश प्रेम को भावनाले ओतप्रोत गित हरु बिरता , मेरो देश पनि उक्त च्यानल मा हेर्न सकिन्छ भने हावाले किन सुसेल्छ पनि समाबेश भएको छ। Find More …

आभिनय यात्रामा मोडल कलाकार अनुराज नेपाली

कसरी भनुँ नजाउ भनि जानुछ तिमीले,
टाढिनै पर्यो रोएर अब भेट् होला कहिले !
हाम्रो भेट् होला कहिले !

लोकप्रिय गायक आनन्द कार्कीको स्वर, चर्चित गीतकार देवदत्त भट्टको रचना अनि सामवेदको संगीतको एउटा कर्णप्रिय गीत नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ । सुन्दा मिठो लाग्ने निर्देशक विजयराज भुर्तेलको निर्देशनको यस गीतलाई उत्कृष्ट म्यूजिक भिडियो मार्फत अझै सुनमा सुगन्धझैँ पारेका छन् मोडल कलाकार अनुराज नेपालीले । अन्य कलाकारहरुको‌ साथमा आफ्नो कुशल अभिनय प्रस्तुत गरेर यस गीतलाई न्याय गर्न सफल उनै कलाकार मोडल‌ अनुराज नेपाली‌को कलाकारीता पेशा हिजो आज ब्यवसायिक‌ रुपले अगाडी बढिरहेको‌ छ । Find More …