बजारमा अनेक थरिका तीज गीत आयका छन्| तीजको अवसर पारेर केहि चर्चा कमाउने केहि भिवर्स बडायर पैसा कमाउने खालका गित धेरै सुन्न पाइन्छ| तर नेपाली कला संस्कृति जोगाउने साच्चै तीज गितहरु कमै आउन थालेको महसुस हुने बेलामा संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले नया तीज गित तयार पारे “ननाचे बोर हुन्छ (सेल्फी २)” अनि गायिन उनकै धर्म पत्नी लक्ष्मी मल्लले| गत बर्ष सेल्फी बोलको गित चर्चित बनायक यी जोडीले यो बर्ष पनि धुम मच्चाउने पक्का पक्कि जस्तो छ| Find More …
पिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। भर्खरी मात्र भुपेन्द्र महतको सब्द अनि हरि लम्सालको संगीतमा “मेरो जस्तै तिम्रो पनि रात जागा हुदो हो कि ?” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| बिछोडियकि प्रेमिका संग गरियका प्रश्नहरु, मलाई जस्तै तिमीलाई पनि हुदो हो कि भन्ने भाव बोकेको गीतमा अजरले गाउनुका साथै अभिनय पनि गरेका छन् जसमा साथ् दियकि छिन् मोडल एलिजा बस्नेतले|
नेपाली संगीतका धरोहर बनिरहेका गायक शिब परियार अहिलेका व्यस्त मध्यका एक व्यस्त कलाकार हुन्| पछिल्लो ५-७ महिनालाई हेर्नेहो भने पनि लग भग अधिकांश समय बिदेशका सांगीतिक कार्यक्रममा ब्यस्त देखिन्छन| यिनै बिदेशका कार्यक्रममा देखियका अनि बुझियका अनुभूतिको उपज बनेको छ उनको नया गित “नभेटी नभेटी” उनको पछिल्लो एल्बम शिवालयबाट | नेपालको करिब १८ पर्तिसत जनसख्या लगभग ५० लाख बिदेशमा हुनुहुन्छ, उहाहरुजस्ता धेरैको आजकल नभेटी नभेटी माया गासियको छ, मुटु साटियको छ, समुन्द्र पारी दिल जोडियको छ| यिनै भावलाई सब्दजालमा बुनेकी छिन गीतकार स्वेता मैनालीले अनि आफुमा रहेको सांगीतिक ज्ञानलाई भरपुर प्रयोग गरेर मिठासपूर्ण संगीत भरेका छन् शिब परियारले| सजिलोपाराले गाउन मिल्ने गरि एउटा स्तरिय गित बनायका छन्|गीतका सब्द सब्द्लाई प्राण भर्ने उनको गायकी प्रयास निकै सबल सुनिन्छ|